फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-पाकिस्तान आर्थिक कोरिडर निर्माणको समय लम्ब्याउने समाचार गलत

(GMT+08:00) 2018-09-11 18:42:10

सेप्टेम्बर दश तारिख बेलायतको फाइन्सियल टाइम्सले पाकिस्तानी मन्त्री परिषदका अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानले वेल्ट एन्ड रोड इनिसिएटिभमा आफ्नो भूमिकाबारे पुनःविचार गर्ने र पाकिस्तानले गठन गरेको नौ सदस्यीय मूल्याङ्कन समितिले चीन-पाकिस्तान आर्थिक कोरिडर निर्माण गर्ने समयलाई अरु पाँच वर्षसम्म लम्ब्याउन सक्ने समचार सम्प्रेषण गरेको छ।

त्यसको प्रतिकृया दिँदै चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता कङ श्वाङले दश तारिख पाकिस्तानी वाणिज्य मन्त्रालयले एक वक्तव्य प्रकाशित गरी फाइनान्सियल टाइम्सको रिपोर्टले पाकिस्तानी अधिकारीको विचारलाई बङ्ग्याएको र पाकिस्तानले सो समाचार सत्य नभएको बताएको जानकारी दिनुभयो। पाकिस्तानले नौ सदस्यीय चीन-पाकिस्तान आर्थिक कोरिडरको मूल्याङ्कन समिति गठन गर्ने लक्ष्य चीनसँग सम्पर्क बढाएर कोरिडर निर्माणको समयलाई लम्ब्याउन नभई तीब्र बनाउन रहेको पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु