फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी र रुसी राष्ट्रपति पुटिनबीच भेट-वार्ता

(GMT+08:00) 2018-09-11 19:32:36

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज सेप्टेम्बर एघार तारिख भ्लादिभोस्तोकमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट-वार्ता गर्नुभएको छ। दुई नेताले चालु वर्षमा चीन-रुस सम्बन्धको सक्रिय विकास भएको र अन्तर्राष्ट्रिय स्थितिको जसरी परिवर्तन भए पनि चीन र रुसले आपसी सम्बन्धको दृढताका साथ विकास गरिरहने विचार व्यक्त गर्नुभएको छ।

सो अवसरमा सी चिन फिङले चीन र रुसका उच्च तहबीचको घनिष्ठ आवत-जावत कायम राखेबाट दुई देश सम्बन्धको उच्च स्तरीय र आपसी कुटनीतिमा विशेष स्थान देखिएको बताउनुभयो। उहाँले दुई पक्षको साझा प्रयासमा दुई पक्षबीचको राजनीतिक श्रेष्ठता वास्तविक सहयोगी उपलब्धिसम्म रुपान्तर भइरहेको भन्दै आफ्नो राष्ट्रिय अवस्थासँग अनुकूल रहेको विकास बाटोमा हिड्न दुई पक्षले आपसीलाई समर्थन दिनुका साथै आफ्नो सुरक्षा र विकास अधिकारको संरक्षण गर्न आपसी समर्थन दिइरहेको औँल्याउनु भएको छ। चीन र रुसबीचको सम्बन्धलाई ठूलो मुलुक र छिमेकी मुलुकको नमूना बनाइएको उहाँहरुले उल्लेख गर्नुभयो। चीन-रुस चौतर्फी रणनीतिक सहयोगी साझेदारी सम्बन्धलाई अघि बढाएर दुई देशका जनतालाई अरु फाइदा पुर्‍याउनुपर्ने कुरामा चिनियाँ राष्ट्राध्यक्ष सीले दोहोर्‍यउनुभयो।

रुसी राष्ट्रपति पुटिनले राष्ट्राध्यक्ष सी चिन फिङ पूर्वी आर्थिक मञ्चमा सहभागी हुनुभएकोमा हार्दिक स्वागत गर्नुभयो। उहाँले रुस र चीनले विभिन्न क्षेत्रको सहयोगलाई बढाउनुपर्ने भन्दै वर्तमान अन्तर्राष्ट्रिय स्थितिसम्बन्धी रुस र चीनका धेरै समान विचार रहेको र दुई पक्षले अन्तर्राष्ट्रिय मामिलासम्बन्धी सहयोग र समन्वयलाई बढाउनुपर्नेमा जोड दिनुभयो।

जानकारी तथा लेखहरु