फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालीद्वारा तिब्बतको विकासको उच्च मूल्याङ्कन

(GMT+08:00) 2018-09-12 16:23:39

चौथो चीन तिब्बत पर्यटन तथा संस्कृति अन्तर्राष्ट्रिय एक्स्पो यही सेम्प्टेम्बर एघार तारिख सम्पन्न भयो। चिनियाँ तथा विदेशी अतिथिहरुले एक्स्पो सम्बन्धी शृङ्खलाबद्ध कार्यक्रममध्येको हिमालय वरिपरी"बीआरआई"सहयोग मञ्चमा भाग लिँदै चीनको तिब्बत स्वायत्त प्रदेश र नेपाल लगायत दक्षिण एशियाली मुलुकद्वारा बीआरआईको निर्माणमा हुने आदानप्रदान तथा सहयोगका लागि बैचारिक आदानप्रदान गरेका छन्। नेपाली अतिथिहरुले केही वर्षयता तिब्बतको आर्थिक तथा सामाजिक विकासको प्रशंसा गर्नुका साथै नेपाल र चीनबीचको भावी सहयोगलाई प्रतीक्षा गरेका छन्।

नेपाल चीन हिमालय मैत्री संघका सदस्य महेश बस्नेतले तिब्बतको विकासको गति अत्यन्तै तिब्र रहेको बताउनुभयो। उहाँका अनुसार नेपाल र चीनले सरकारी वा नागरिक क्षेत्रमा दीर्घकालीन मैत्रीपूर्ण आदानप्रदानलाई कायम राख्दै आएका छन्। दुबै पक्षले यस्तो सहयोग मञ्चबाट आपसी भावी सहयोग खोज्न सक्ने छन्।

नेपाल र चीन मैत्री मञ्चका अध्यक्ष कल्याणराज शर्माले सधैं तिब्बतको आर्थिक विकासलाई ध्यान दिँदै आउनुभएको छ। तिब्बतको आश्चर्यजनक द्रुत आर्थिक विकासबाहेक तिब्बतको निःशुल्क उच्च गति राजमार्ग, व्यवसायको सहुलियत कर नीति, पूर्वाधार प्रबन्धको निर्माणबाट उहाँको मनमा गहिरो छाप परेको छ। हाल नेपालमा सञ्चालनमा भएको हिमालय एयरलाइन्स दुबै मुलुकबीचको सहयोगको एक नमूना बनेको छ। अझ बढी चिनियाँ व्यवसायले नेपालमा लगानी गर्ने आशा उहाँले गर्नुभएको छ।

जानकारी तथा लेखहरु