फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष र मंगोलियाका राष्ट्रपति भेटवार्ता

(GMT+08:00) 2018-09-12 16:24:32

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले आज सेप्टेम्बर बाह्र तारिख भ्लादिभोस्तोकमा मंगोलियाका राष्ट्रपति खल्त्मा बट्टुग्लासँग भेटवार्ता गर्नुभएको छ। राष्ट्राध्यक्ष सीका अनुसार चीनले सधैं नै मंगोलियासँगको सम्बन्धलाई जोड दिँदै सदिच्छापूर्ण तथा समेटिएको भावनाले मंगोलियासँगको सहयोगलाई मजबुत बनाउँदै जाने छ। चीनले मंगोलियाको स्वतन्त्रता, सार्वभौमिकता, क्षेत्रीय अखण्डतालाई सम्मान दिँदै जाने छ। यी दुबै मुलुकले निरन्तर रुपमा "बीआरआई" र "विकास बाटो" विचारधाराबीचको सम्पर्कलाई प्रवर्द्धन गर्दै आपसी प्रभावकारी सहयोगलाई विकास गर्नसक्ने छन्।

मंगोलियाका राष्ट्रपति बट्टुग्लाका अनुसार चीनसँगको स्थिर मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सहयोगलाई विकास नै मंगोलियाको द्दढ नीति हो। मंगोलियाले सार्वभौमिक्ताको पारस्परिक सम्मान, क्षेत्रीय अखण्डता, आन्तरिक मामिलालाई हस्तक्षेप नगर्नु, समान तथा पारस्परिक हित सिद्धान्तमा चीनसँगको सम्बन्धलाई गहन पार्ने आशा गरेको छ। साथै मंगोलियाले बीआरआईको निर्माणमा सक्रिय भाग लिँदै चीनसँग व्यापार, उर्जा, कृषि तथा पशुपालन व्यवसाय, पूर्वाधार प्रबन्ध आदि क्षेत्रको निर्माणमा सहयोगलाई मजबुत बनाउँदै जाने छ।

जानकारी तथा लेखहरु