फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष र जापानी प्रधानमन्त्री भेटवार्ता

(GMT+08:00) 2018-09-12 16:24:51

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले आज सेप्टेम्बर बाह्र तारिख भ्लादिभोस्तोकमा जापानी प्रधानमन्त्री शिन्जो आबेसँग भेटवार्ता गर्नुभएको छ। सर्वप्रथम राष्ट्राध्यक्ष सीले भर्खरै जापानको कानसाइ र होखाइडोमा गएको टाइफून र भूकम्प प्रकोपबाट भएको हत्ताहत र आर्थिक क्षतिप्रति सान्त्वना व्यक्त गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति गहन परिवर्तन भइरहेको अवस्थामा विश्वको महत्वपूर्ण आर्थिक समूहको रुपमा चीन र जापानले संयुक्त जिम्मेवार बहन गर्दै विश्व तथा क्षेत्रीय शान्ति र स्थिरताका लागि रचनात्मक भूमिका सिर्जना गर्नसक्ने विचार व्यक्त गर्नुभयो। चीन र जापानको संयुक्त प्रयासमा ‌ दुबै मुलुकबीचको सम्बन्ध सामान्य बाटोमा फर्किएको विचार व्यक्त गर्दै दुबै पक्षले निरन्तर रुपमा आपसी सम्बन्धलाई स्थिर पार्दै अगाडि बढाउने कुरा पनि उहाँले औँल्याउनुभयो।

जापानी प्रधानमन्त्री आबेका अनुसार जापानले दीर्घकालीन रुपमा चीनको सुधार तथा खुल्लापन प्रगतिमा भाग लिन प्रयास गर्दै आएको छ। चीनको विकासले जापानलाई सकारात्मक प्रभाव पारेको छ। जापानले चीनसँग अझ घनिष्ट सम्बन्धलाई स्थापना गर्दै साझा विकास तथा समृद्धिलाई व्यवहारमा उतार्ने आशा गरेको छ। चीनले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा सिर्जना गरेको महत्वपूर्ण भूमिकालाई जापानले जोड दिएको छ। क्षेत्रीय शान्ति तथा स्थिरता आदि महत्वपूर्ण समस्यामा चीनसँगको सम्पर्कलाई मजबुत बनाउने आशा जापानले गरेको छ।

जानकारी तथा लेखहरु