फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीद्वारा चौथो पूर्वी आर्थिक मञ्चको सम्मेलनलाई सम्बोधन

(GMT+08:00) 2018-09-12 18:57:12

आज सेप्टेम्बर बाह्र तारिख चौथो पूर्वी आर्थिक मञ्चको सम्पूर्ण सम्मेलन रुसको भ्लादिभोस्तोकमा सम्पन्न भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सम्मेलनमा उपस्थित भएर सम्बोधन गर्नुभएको छ।

सो अवसरमा राष्ट्राध्यक्ष सीले रुसको सुदूर पूर्वी सहयोगमा चीन सक्रिय समर्थक र सहभागी भइरहेको भन्दै दुई पक्षको साझा प्रयासमा केही वर्षयता सुदूर पूर्वमा चीन र रुसबीचको सहयोगको ठूलो उपलब्धि प्राप्त भएको जानकारी दिनुभयो। उहाँले यही वर्ष आफू र राष्ट्रपति पुटिनले निश्चित गरेको चीन-रुस क्षेत्रीय सहयोग आदान-प्रदान वर्ष पनि रहेको बताउँदै सुदूर पूर्वी क्षेत्रमा दुई पक्षबीचको सहयोगलाई विस्तृत गरिएको बताउनुभयो। चीनले रुससँग मिलेर पूर्वाधार निर्माण, ऊर्जा स्रोत, कृषि, पर्यटन आदि महत्वपूर्ण क्षेत्रको सहयोगलाई बढाएर सुदूर पूर्वी क्षेत्रमा चीन-रुस सहयोगको थप उपलब्धिको प्रबर्द्धन गर्ने इच्छा लिएको पनि उहाँले उल्लेख गर्नुभयो।

सीले नयाँ स्थितिमा संयुक्त रुपमा सहयोगलाई बढाएर क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिलाई प्रबर्द्धन गर्नुपर्ने दोहोर्‍याउनुभयो। त्यसका लागि हामीले आपसी विश्वास बढाएर क्षेत्रीय शान्ति र स्थिरताको संरक्षण गर्ने, सहयोगलाई गहन पारी विभिन्न मुलुकबीचको साझा फाइदा पुग्ने, रणनीतिक जोड्न सक्रिय बढाउने, आपसी सिकाइबाट जनताबीचको परम्परागत मित्रतालाई सुदृढता पार्ने, दीर्घकालीन दृष्टिकोणबाट समष्टिगत समन्वय विकास गर्ने आवश्यकता रहेको पनि राष्ट्राध्यक्ष सीले बताउनुभयो।

जानकारी तथा लेखहरु