फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष चीन रुस नेता वार्तामा सहभागी

(GMT+08:00) 2018-09-12 19:25:36

चिनियाँ राष्ट्रध्यक्ष सी चिन फिङले हिजो सेप्टेम्बर एघार तारिख भ्लादिभोस्तोकमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग चीन रुस नेता वार्तामा भाग लिनुभएको छ। सो वार्तामा राष्ट्राध्यक्ष सीले मन्तव्य दिँदै चीन र रुस सबैभन्दा ठूलो छिमेकी मुलुक र सबैभन्दा महत्वपूर्ण चौतर्फी रणनीतिक सहयोगात्मक साझेदारी रहेको बताउनुभयो। यी दुबै पक्षसँग व्यापक साझा हित रहेको बताउँदै चीन र रुसले सहयोगलाई मजबुत बनाउँदै साझा हितलाई गहन पारेर विदेशी जोखिम र चुनौतिलाई शिथिल पार्नका लागि हितकर हुने कुरामा उहाँले जोड दिनुभयो। स्थानीय सहयोगले चीन र रुसबीचको सम्बन्धमा महत्वपूर्ण भूमिका सिर्जना गर्ने र राष्ट्र तथा राष्ट्रबीचको सहयोगले स्थानीय स्थलबीचको सहयोगलाई निर्भर हुनुपर्ने कुरामा जोड दिँदै स्थानीय जनतालाई फाइदा पुग्ने राष्ट्राध्यक्ष सीले औँल्याउनुभयो। चीन र रुसका स्थानीय स्थलबीचको सहयोगका सामु नयाँ परिस्थिति,नयाँ कार्यभार,नयाँ आग्रह र नयाँ ऐतिहासिक अवसर देखापरेको राष्ट्राध्यक्ष सीले बताउनुभयो।

रुसी राष्ट्रपति पुटिनका अनुसार चीन र रुसका विभिन्न प्रान्त र राज्यका प्रतिनिधिहरुले चीन रुस स्थानीय सहयोग आदानप्रदान वर्ष भन्ने अवसर पाउँदै चीन र रुसबीचको स्थानीय सहयोगको नयाँ युग सिर्जना गर्नसक्ने छ। जसबाट यी दुबै मुलुकबीचको सम्बन्धको विकासका लागि योगदान गर्नसकिन्छ।

जानकारी तथा लेखहरु