फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नाडामा १५ हजार अवलोकनकर्ता

(GMT+08:00) 2018-09-13 16:39:26

काठमाडौँमा संचालित अटोमोबाइल प्रदर्शनी 'नाडा अटो सो' १५ हजारले अवलोकन गरेका छन्। नाडाका उपाध्यक्ष कृष्ण प्रसाद दुलालका अनुसार पहिलो दिनमा ५ हजारले टिकटमार्फत अवलोकन गरेको कान्तिपुर अनलाइनले लेखेको छ।

अटो सोको दोस्रो दिन १० हजारले अवलोकन गरेको दुलालले बताउनुभयो। 'दुई दिनको अवधिमा भीडभाड राम्रै छ,' उहाँले भन्नुभयो, 'सहभागीबाट उत्साहित नै छौं।' नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल एवं ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजको आयोजनामा सुरु अटो सो ३१ गतेसम्म चल्नेछ।

सोमा १९ वटा ब्रान्डका चारपांग्रे तथा २० वटा ब्रान्डका दुईपांग्रे सवारी साधन राखिएको छ। टायर, मोबिल, ब्याट्रीलगायत स्पेयर पार्टसको पनि स्टल राखिएको छ। अटो सोबाट सुरक्षित ड्राइभिङ, ट्राफिक नियमको पालना र सडक सुरक्षासम्बन्धी जनचेतनाको अभिवृद्धि गर्ने जनाएको छ।

जानकारी तथा लेखहरु