फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चौथो पूर्वी अर्थतन्त्र मञ्चमा सहभागी भएर राष्ट्राध्यक्ष सी स्वदेश फिर्ता

(GMT+08:00) 2018-09-13 16:39:49

हिजो सेप्टेम्बर बाह्र तारिख राति चौथो पूर्वी अर्थतन्त्र मञ्च सम्पन्न भएपछि चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ पैचिङ्ग फर्कनुभएको छ।

राष्ट्राध्यक्ष सीको साथमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य,केन्द्रीय समितिको सचिवालयका सचिव,केन्द्रीय सतिमि कार्यालयका प्रमुख तिङ्ग स्वे श्याङ्ग,चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य,केन्द्रीय समितिको विदेशी मामिला कार्य समितिको कार्यालयका प्रमुख याङ्ग चे छ,राज्य परिषदका सदस्य एवं परराष्ट्र मन्त्री वाङ्ग यी,चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष,राष्ट्रिय विकास तथा सुधार समितिका प्रमुख ह लि फङ आदि व्यक्तिहरु पनि पैचिङ्ग फर्कनु भएको छ।

रुसको भ्लादिभोस्तोकमा राष्ट्राध्यक्ष सी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त रुपमा चीन रुस आर्थिक तथा व्यापारिक सहयोगको फोटो प्रदर्शनी अवलोकन पनि गर्नुभएको थियो।

जानकारी तथा लेखहरु