फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र रुसका नेताहरु सम्पूर्ण रुसी बालबालिका केन्द्र "समुद्र" भ्रमणमा

(GMT+08:00) 2018-09-13 16:40:16

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले हिजो सेप्टेम्बर बाह्र तारिख भ्लादिभोस्तोकमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पूर्ण रुसी बालबालिका केन्द्र "समुद्र"को भ्रमण गर्नुभएको छ। दुवै नेताहरुले चीन र रुसका बालबालिकले आपसी आदानप्रदानलाई अघि बढाउँदै दुवै मुलुकबीचको पुस्तौँ पुस्ता मैत्रीपूर्ण महान कार्यलाई प्रचारप्रसार गर्दै जाने आशा व्यक्त गर्नु भएको छ।

भ्लादिभोस्तोकमा पर्ने सम्पूर्ण रुसी बालबालिक केन्द्र "समुद्र"बाट चीन र रुसबीचको गहन नागरिक मैत्री सम्बन्ध देखाइएको छ। सन् 2008 मा चीनको वन छ्वान विनाशकारी भूकम्प गएपछि रुसी उद्धार टोलीले पहिलो चरणमै चीनको प्रकोपग्रस्त क्षेत्रमा उद्धार कार्य पठाएको थियो। रुसको निमन्त्रणामा प्रकोपग्रस्त क्षेत्रका 996 बालबालिकाले यो सम्पूर्ण रुसी बालबालिक केन्द्र "समुद्र"मा पुगी स्वास्थ्य लाभ पाउन थालेका थिए। ती बालबालिकाहरुले यहाँमा मनलाई आराम बनाउनुका साथै सदिच्छापूर्ण मित्रता पाएका थिए।

राष्ट्राध्यक्ष सीका अनुसार चीन र रुसबीचको सम्बन्धको विकास इतिहास नै यी दुबै मुलुकका युवायुवतीबीचको घनिष्ट आदानप्रदानको इतिहास हो। हाल केही वर्षयता चीन र रुसका युवायुवतीले आपसी आदानप्रदानलाई घनिष्ट बनाउँदै समझदारी र मित्रतालाई बढाएको देखिन्छ। उहाँले जोड दिनुभएअनुसार युवायुवती नै राष्ट्रको भविष्य, चीन र रुसबीचको मित्रताको भविष्य र विश्वको भविष्य हुन्।

राष्ट्रपति पुटिनका अनुसार रुस र चीनबीच पारस्परिक विश्वास र सहयोग मैत्रीपूर्ण सम्बन्धको स्थापना भइसकेको छ। यी दुबै मुलुकका युवायुवतीले रुस र चीनका जनताबीचको गहन परम्परागत मित्रतालाई प्रचारप्रसार गर्नसक्ने आशा राष्ट्रपति पुटिनले गर्नुभएको छ।

जानकारी तथा लेखहरु