फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ परराष्ट्र मन्त्रीद्वारा चिनियाँ राष्ट्राध्यक्षको रुस भ्रमणको मूल्याङ्कन

(GMT+08:00) 2018-09-13 16:40:40

यही सेप्टेम्बर 11 देखि 12 तारिखसम्म राष्ट्राध्यक्ष सी चिन फिङले रुसमा आयोजना भएको चौथो पूर्वी अर्थतन्त्र मञ्चमा भाग लिनुभएको छ। राज्य परिषदका सदस्य एवं परराष्ट्र मन्त्री वाङ्ग यीले यससम्बन्धी जानकारी दिनुभएको छ। उहाँका अनुसार रुसको भ्लादिभोस्तोकमा तीस घण्टा रहँदा राष्ट्राध्यक्ष सीले दशभन्दा बढी कार्यक्रममा भाग लिनुभएको छ। यी कार्यक्रममा उच्च तहको निर्देशन योजना,खास सहयोगको प्रवर्द्धन,सदिच्छापूर्ण रणनीतिक सम्पर्क,हृदयदेखिको नागरिक आदानप्रदान समेटिएको छ। राष्ट्राध्यक्ष सीको यस भ्रमणले शान्ति,विकास,सहयोग र संयुक्त फाइदा भन्ने झण्डा लिँदै चीन र रुसबीचको सम्बन्धका लागि नयाँ प्रवर्द्धन शक्ति पुर्‍याएको छ।

राष्ट्राध्यक्ष सीको यस भ्रमणमा चीन र रुसका नेतास्तरीय आदानप्रदानलाई घनिष्ट बनाउँदै रणनीतिक सहयोग स्तर उकास्नु,चीन र रुसबीचको पुस्तौं पुस्ता मित्रताको प्रचारप्रसार,चीन र रुसका हितबीचको गहन मिलाउँदै स्थानीय सहयोगको संचिति शक्तिलाई प्रेरित गर्नु,क्षेत्रीय सहयोगलाई निर्देशन गर्दै पारस्परिक हित तथा साझा फाइदा सिर्जना गर्नु गरी चार ठूला भावार्थ रहेको छ।

भ्रमणको अवसरमा राष्ट्राध्यक्ष सीले यस मञ्ञमा भाग लिएको केही मुलुकका नेताहरुसाग मैत्रीपूर्ण आदानप्रदान गर्दै आपसी पारस्परिक विश्वास र सहयोगलाई मजबुत बनाउनुभएको छ।

जानकारी तथा लेखहरु