फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँमा चिनियाँ भाषा शिक्षणको तालिम

(GMT+08:00) 2018-09-13 17:18:41

नेपालमा चिनियाँ भाषा शिक्षण गर्ने चिनियाँ स्वयंसेवकहरुको तालिम आजदेखि काठमाडौँमा सुरु भएको छ। नेपाला लागि चिनियाँ राजदूत यु होङ चीनको कन्फ्युसियस इन्स्टिच्युट मुख्यालय अन्तर्गत स्वयंसेवक विभागका प्रमुख क्वो च्यावो याङ र केही सहयोगी स्कुलका जिम्मेवार व्यक्तिहरु उद्घाटन समारोहमा सहभागी हुनुभयो। सो अवसरमा काठमाडौँको एलिट ग्राण्ड स्कुलका प्रधानाध्यापक विष्णुबहादुर जिसीले आफ्नो विद्यालयमा चिनियाँ भाषा तथा संस्कृतिको कक्षा संचालन गर्न सहयोग पुर्‍याएकोमा चिनियाँ दूताबास र कन्फ्युसियस इन्स्टिच्युटप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आपसी सहयोग निरन्तर बढ्दै जाने बताउँदै चिनियाँ भाषा शिक्षणबाट दुई देशबीचको सांस्कृति सम्बन्ध अझै मजबुत हुने औँल्याउनुभयो।

नेपालको एलिए ग्राण्ड स्कुलमा चिनियाँ स्वयंसेवक आन ची थोङले गत तीन वर्षमा नेपालमा चिनियाँ भाषा सिकाउँदै आउनु भएको छ। उहाँले भन्नुभयो स्कुलका प्रमुखले मलाई धेरै समर्थन गर्नु भएको छ। विद्यार्थीहरुले चिनियाँ भाषा निकै मन पराउँछन्। त्यसैले मैले सिकाउन पनि धेरै प्रयास गर्दै आएकी छु।

नेपालका लागि चिनियाँ राजदूत यु होङले ती चिनियाँ स्वयंसेवकहरुलाई चिनयाँ शिक्षक दिवसको शुभकामना दिँदै चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएयता दुई देशबीचको सम्बन्ध धेरै विकास भएको छ र चिनियाँ भाषाबाट द्वीपक्षीय सम्बन्धलाई अझ उकास्न सकिने विचार व्यक्त गर्नुभयो।

थाहा भए अनुसार नेपालमा प्रत्येक वर्ष एक सय चार जना चिनियाँ स्वयंसेवकहरुले विभिन्न शैक्षिक संस्थामा चिनियाँ भाषा शिक्षण गर्दै आएका छन्।

जानकारी तथा लेखहरु