फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विनापूर्वाग्रह चीनले श्रीलंकालाई सहयोग जारी राख्ने चिनियाँ परराष्ट्र मन्त्रालयको भनाइ

(GMT+08:00) 2018-09-13 18:15:49

चीनले श्रीलंकालाई सहयोग गर्नमा कुनै पनि राजनीतिक पूर्वाग्रह नलिने अडान राखेको छ। साथै श्रीलंकामा लगानी गर्नु र पूँजी जुटाउनुमा कुनै पनि राजनीतिक लाभहानीको विचार चीनले राखेको छैन। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्वाङ्गले आज सेप्टेम्बर तेह्र तारिख पैचिङ्गमा उक्त कुरा पुनःपुष्टि गर्नुभएको हो।

श्रीलंकाका प्रधानमन्त्री रानिल विक्रेमेसिङ्घेले भियतनाममा विश्व अर्थ मन्चको आशियान सम्मेलनमा भाग लिँदा अमेरिकी सञ्चार माध्यमसँग कुराकानी गर्दै श्रीलंकाले चीनबाट ऋण लिएका कारण ऋण संकटमा प्रवेश नगरेको बताउनुभयो। श्रीलंकाले चीनलाई महत्वपूर्ण बन्दरगाहको नियन्त्रित अधिकार हस्तान्तरण नगरेको भन्दै प्रवक्ता कङ्गले श्रीलङ्काका प्रधानमन्त्रीको उक्त धारणालाई चीनले स्वागत गरेको बताउनुभयो। उहाँका अनुसार चीन र श्रीलंकाले बीआरआई प्रारुपमा सहयोग गरेबाट यी दुबै मुलुकका जनतालाई लाभ पुग्नुका साथै क्षेत्रीय आर्थिक विकास र पारस्परिक सम्पर्कका लागि योगदान गर्न सक्ने विचार व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु