फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भेनेजुएलाका राष्ट्रपतिल निकोलास माडुरो मोरोसले चीनको भ्रमण गर्नुहुने

(GMT+08:00) 2018-09-13 19:05:28

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता कङ श्वाङले भेनेजुएलाका राष्ट्रपति निकोलास माडुरो मोरोसले चीनको राजकीय भ्रमण गर्नुहुने र त्यसबाट चीन-भेनेजुएला चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई उकासेर नयाँ भविष्यको सिर्जना गर्नसकिने विचार व्यक्त गर्नुभयो।

आज सेप्टेम्बर तेह्र तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता कङ श्वाङले उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार, चीनका राष्ट्राध्यक्ष सी चिन फिङको निमन्त्रणामा भेनेजुएलाका राष्ट्रपति माडुरोले सेप्टेम्बर तेह्र तारिदेखि सोह्र तारिखसम्म चीनको राजकीय भ्रमण गर्नुहुनेछ। सो अवसरमा राष्ट्राध्यक्ष सि चिन फिङ दम्पत्तिले राष्ट्रपति माडुरो दम्पत्तिलाई स्वागत समारोह र भोजको आयोजना गर्नुहुने छ भने राष्ट्राध्यक्ष सी चिन फिङले राष्ट्रपति माडुरोसँग वार्ता गरी दुई पक्षीय सम्झौता हस्ताक्षर समारोहमा उपस्थित हुनुहुनेछ। चीनका प्रधानमन्त्री ली ख छ्याङ र चिनियाँ राष्ट्रिय जन काँग्रेसका अध्यक्ष ली चान शुले उहाँसँग भेट-वार्ता गर्नुहुने कार्यक्रम रहेको छ।

जानकारी तथा लेखहरु