फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी निमन्त्रणाको चीनद्वारा स्वागत

(GMT+08:00) 2018-09-14 16:57:48

अमेरिकाले व्यापार विवादमा छलफल गर्नका लागि चीनलाई निमन्त्रणा पठाएको विदेशी सञ्चार माध्यमले उल्लेख गरेका छन्। यसप्रति चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता काउ फङले हिजो सेप्टेम्बर तेह्र तारिख चीनले अमेरिकाको निमन्त्रणा पाएको र चीनले अमेरिकाको उक्त धारणालाई स्वागत गरेको बताउनुभयो। उहाँका अनुसार हाल चीन र अमेरिकाबीचको आर्थिक तथा व्यापारिक छलफल टोलीले सधैँ विविध तरिकाको सम्पर्क राख्दै आएका छन्। दुबै पक्षले आ-आफ्ना समस्याबारेमा आदानप्रदान पनि गरेका छन्।

यसअघि अमेरिकाले चीनबाट आयात हुने सबै मालसामानमाथि भन्सार कर असुल्ने सम्भावना रहेको व्यक्त गरेको छ। यसप्रति प्रवक्ता काउले प्रतिक्रिया दिनु भएअनुसार अमेरिकाले एकतर्फी रुपमा भन्सार कर असुल्ने कदमबाट अन्तिम रुपमा चीन र अमेरिका दुई मुलुक र सारा विश्वका जनताको हितमा हानी पुग्ने छ। अमेरिकाले जनमत अनुसार प्रभावकारी तथा खास कदम लागू गर्दै समान तथा सदिच्छापूर्ण वार्ता र छलफल गर्नसक्ने आशा प्रवक्ता काउले बताउनुभएको छ।

जानकारी तथा लेखहरु