फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ्गद्वारा तिब्बतको गरिबी न्यूनिकरणका लागि 1 अर्ब 47 करोड 40 लाख चिनियाँ युआनको लगानी

(GMT+08:00) 2018-09-14 16:58:11

सन् 2016 देखि हालसम्म पैचिङ्ग शहरले योजनाबाहेक तिब्बतका लागि 53 करोड 40 लाख चिनियाँ युआनको उद्धार पूँजी थपेको छ। जसबाट तिब्बतका लागि पैचिङ्गद्वारा उद्धार गरिएको कूल पूँजी 1 अर्ब 47 करोड 40 लाख युआन पुगेको छ। पैचिङ्गको गरिबी सहायता समिति तथा सहायता सहयोग निर्देशन टोली कार्यालयका प्रमुख मा सिन मिङले जनाउनुभएअनुसार पैचिङ्ग र ल्हासाबीचको बैज्ञानिक प्राविधिक क्षेत्रको सहयोगलाई प्रवर्द्धन गर्दै बैज्ञानिक प्राविधिक व्यवसायद्वारा स्थानीय नागरिकलाई गरिबीबाट मुक्त गर्ने कार्य हुनेछ।

ल्हासाका उपमेयर चा सी पाइ चनका अनुसार सन् 2015 को अन्तसम्म ल्हासा शहरले छानबिन कार्य गर्दै सम्पूर्ण शहरका 11 हजार दुई सयभन्दा बढी परिवारका 44 हजार एक सयभन्दा बढी गरिब जनताको आधारभूत अवस्था र गरिब कारण थाहा पाएको थियो। सन् 2017 को डिसेम्बरसम्म ल्हासा शहरमा 43 हजारभन्दा बढी गरिब जनता गरिबीबाट मुक्त भएका छन्।

जानकारी तथा लेखहरु