फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा "चिनियाँ पावर निर्माण मार्ग"

(GMT+08:00) 2018-09-14 16:58:52

नेपालको राजधानी काठमाडौँदेखि लगभग दुई सय किलोमिटर पूर्वमा पर्ने दोलखा जिल्लाको गोङ्गार गाउँमा पक्की सकड सञ्चालनमा आएको छ। यो पक्की सडक चीनको पावर कन्ट्रक्सन कर्पोरेनले बनाएको छ। चिनियाँ मित्रप्रति आभार व्यक्त गर्दै स्थानीय बासिन्दाले यो सडकको नाम "चिनियाँ पावर निर्माण मार्ग" राखेका छन्।

गोङ्गार गाउँमा लगभग 150 बासिन्दा रहेका छन् भने नेपालको सबैभन्दा ठूलो निर्माणधीन जलविद्युत परियोजना अपर तामाकोसी जलविद्युत स्टेशन यही क्षेत्रमा पर्दछ। पहिले त्यहाँबाट बाहिर जाने कच्ची र सानो मार्ग मात्र थियो। अपर तामाकोसी जलविद्युत स्टेशनको निर्माणकर्ता चीनको पावर निर्माण निगम अन्तर्गत अन्तर्राष्ट्रिय इञ्जिनियरिङ लिमिडेट कम्पनीको लगानीमा स्थानीय बासिन्दाका लागि एक साढे चार मिटर चौडाई 500 मिटर लम्बाईको पक्की सडक निर्माण भएको हो।

जानकारी तथा लेखहरु