फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन अमेरिका व्यापार समस्याप्रति वाणिज्य मन्त्रालयको प्रतिक्रिया

(GMT+08:00) 2018-09-14 16:59:18

चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता काउ फङले हिजो सेप्टेम्बर तेह्र तारिख पछिल्लो चीन अमेरिका व्यापारिक नाफा विस्तार हुँदै गएकोमा व्यापारिक नाफा वा घाटाको विस्तार वा संकुचन बजारले निर्धारण गर्ने बताउनु भएको छ। अमेरिकाले भन्सार कर असुल्ने एकपक्षीय गतिविधिले समस्याको समाधान नहुने कुरा सर्वविदित रहेको उहाँले बताउनुभयो।

अमेरिकाको व्यापारिक नाफा र अमेरिकाको कम बचत दर,सञ्चित मुद्राको स्थान,चीनबाट निर्यातको नियन्त्रण आदि कारकसित सम्बन्धित छ। चालु वर्षका आठ महिनामा चीनले अमेरिकाका लागि निर्यात गरेको गति अपेक्षाकृत तीब्र थियो। यस्तो अवस्थामा अमेरिकाको स्वदेशी बजारको बढ्दो माग आदि कारणबाट भएको हो। यसका अतिरिक्त यस्तो अवस्था केही चिनियाँ व्यवसायले अमेरिकाको भन्सार कर नियमप्रति चिन्ता गरेकाले आफ्नो निर्यातलाई गतिशील बनाएका कारणले पनि रहेको सम्भावना छ। चीन र अमेरिकाले प्रभावकारी र खास कदम चालेर द्बिपक्षीय व्यापारको स्वस्थ्य र स्थिर विकासलाई प्रवर्द्धन गर्नका लागि संयुक्त प्रयास हुने आशा गरिएको छ।

प्रवक्ता काउका अनुसार वर्तमान चीनको अर्थतन्त्र उच्च गुणस्तरको विकासतर्फ जानेछ। चीनको विदेशी व्यापारको विकासको आधारभूत अवस्था परिवर्तन भएको छैन र चीनले विदेशी व्यापारको स्थिर तथा स्वस्थ्य विकासलाई प्रवर्द्धन गर्दै जाने पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु