फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

व्यापार युद्धबाट सबैलाई हानी पुग्ने चीनको विचार

(GMT+08:00) 2018-09-14 18:19:49

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता कङ श्वाङले चीन-अमेरिका व्यापार युद्धसम्बन्धी चीनको अडान स्पष्ट तथा स्थिर रहेको भन्दै व्यापार युद्धले समस्याको समाधान गर्न नसक्ने बरु आफूलाई हानी पुर्‍याउने विचार व्यक्त गर्नुभयो।

आज सेप्टेम्बर चौध तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता कङ श्वाङले उक्त कुरा बताउनुभएको हो। समाचारका अनुसार, चीन-अमेरिका व्यापार युद्धबाट चीनलाई पुगेको हानीभन्दा अमेरिकाको हानी सानो छ र चीनसामु देखा परेको दबाव अमेरिकाकोभन्दा ठूलो रहेको छ। चीनको आर्थिक अवस्था खराब देखिएर वाणिज्य र लगानी पनि घट्दै गएको अमेरिकाले उल्लेख गरेको छ। त्यसको प्रतिकृया दिँदै प्रवक्ता कङ श्वाङले सत्रुका हजार जना सैनिक घाइते भए आफ्ना आठ सय सैनिक घाइते भन्ने भनाइ व्यक्त गर्दै कसका हजार र कसका आठ सय घाइतेबारे चर्चा गर्नु निरर्थक रहेको बताउनुभयो। अमेरिकी नैतिक निर्णयकले अमेरिकी उद्योग र उपभोक्ताको आह्वान सुन्नेर एकल-पक्षवाद र व्यापार संरक्षणवादको गतिबिधि रोक्ने आशा चीनले लिएको उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु