फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङद्वारा भेनेजुएलाका राष्ट्रपतिलाई स्वागत

(GMT+08:00) 2018-09-14 19:27:50

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सेप्टेम्बर चौध तारिख जन बृहत्त सभा भवनमा चीन भ्रमणमा रहनुभएका भेनेजुएलाका राष्ट्रपति निकोलास माडुरो मोरोसलाई स्वागत गर्दै वार्ता गर्नुभएको छ।

सो अवसरमा सी चिन फिङले राष्ट्रपति माडुरोले चीन-भेनेजुएला सम्बन्धको विकास र दुई पक्षबीचको सहयोगमा निकै ध्यान दिनु भएको भन्दै उहाँको उच्च मूल्याङ्कन गर्नुभयो। दुई पक्षले राजनीतिक आपसी विश्वास र उच्च तहबीचको आवत-जावतलाई बढाउनुपर्ने राष्ट्राध्यक्ष सीले दोहोर्‍याउनुभयो। चीनको केन्द्रीय हितमा भेनेजुएलाले चीनलाई समर्थन दिइरहेकोमा चीनले भेनेजुएलालाई धन्यवान दिँदै चीनले भेनेजुएलाको विकासका लागि अरु समर्थन दिने पनि राष्ट्राध्यक्ष सीले औँल्याउनुभयो।

लामो समयसम्म चीनले दिएको समर्थनप्रति भेनेजुएलाआभारी रहेको भन्दै चीनको सुधार तथा खुलापन र शासनको अनुभवबाट अरु धेरै सिकेर बीआरआई निर्माणमा सक्रिय रुपमा भाग लिने इच्छा लिएको भेनेजुएलाका राष्ट्रपति माडुरोले बताउनुभयो।

जानकारी तथा लेखहरु