फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा लगानीका लागि उपयुक्त समय भएको प्रमको भनाइ

(GMT+08:00) 2018-09-15 15:23:43

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीका लागि नेपालमा अहिले उपयुक्त समय भएका बताउनु भएको छ। कारोबार दैनिकले आयोजना 'कारोबार इकोनोमिक कन्क्लेभ' मा बोल्दै हिजो शुक्रबार प्रधानमन्त्री ओलीले नेपालमा विदेशी लगानीका लागि उपयुक्त समय रहेको बताउनु भएको कारोबार अनलाइनले लेखेको छ। उहाँले तीव्र गतिमा आर्थिक विकासका लागि विभिन्न कोणबाट काम भइरहेको भन्दै स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई राम्रो मुनाफा कमाउने उपयुक्त अवसर भएको बताउनुभयो।

प्रधानमन्त्री ओलीले विगतमा विभिन्न काराणले बन्द भएका उद्योगहरु पुनः सञ्चालन र नयाँ उद्योगको स्थापना सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। औद्योगिक क्षेत्रमा बिनाहिचकिचाहट लगानी गर्नका लागि लगानीकर्ताहरुलाई आव्हान गर्दै उहाँले लगानीका लागि एकद्धार प्रणालीको विकास गरिने धारणा राख्नुभयो। लगानीका लागि रहेका कानुनी र व्यावहारिक जटिलता हल गरिने भन्दै उहाँले लगानीको सुरक्षा गर्दै लगानीकर्तालाई राम्रो अवसर दिइने बताउनुभयो।

प्रधानमन्त्री ओलीले भारत र चीन दुबै देशसँग मिलेर नेपालले आर्थिक विकास र समृद्धिको चाहना पूरा गर्न खोजेको बताउनुभयो। उहाँले रक्सोल काठमाडौं रेलबारे प्रोटोकलमा केही दिनमा सहमति हुने जानकारी दिनुभयो।

सो कार्यक्रममा पूर्व अर्थमन्त्री डा रामशरण महतले स्थानीय र प्रदेश तहमा थुप्रै संरचना बनेपनि संस्थागत क्षतमा नहुनु सरकारका लागि ठुलो चुनौती भएको बताउनुभयो। ७ सय ५३ तहको स्थानीय सरकार र ७ प्रदेश सञ्चालनका लागि ठुलो आर्थीक स्रोत चाहिने भन्दै त्यसलाई कसरी दिगो बनाउने भन्ने कुरा अहिलेको सरकारको मुख्य चुनौती रहेको भन्दे त्यसतर्फ ध्यान दिन सरकारलाई सुझाव दिनुभयो।

सो कार्यक्रममा प्रधानमन्त्री, अर्थमन्त्री, उद्योगी व्यवसायी, विभिन्न राजनीतिक दलका नेताहरु, भारतीय जनता पार्टीका नेता, प्रवासी नेपाली, आर्थीक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको उल्लेख्य उपस्थिति थियो।

जानकारी तथा लेखहरु