फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सातौँ चिनियाँ वाणिज्य तथा लगानी मञ्च जर्मनीमा आयोजित

(GMT+08:00) 2018-09-15 15:25:25

हिजो सेप्टेम्बर चौध तारिख जर्मनीको नोर्हेइन-वेस्टफलन राज्यमा लगानी प्रवर्द्धन गर्ने एजेन्सी तथा डुसेलडोर्फ शहर आर्थिक बृद्धि व्यूरोले संयुक्त रुपमा आयोजना गरेको सातौं चिनियाँ वाणिज्य तथा लगानी मञ्च जर्मनीको डुसेलडोर्फमा सम्पन्न भयो। सो मञ्चको मुख्य विषय "चीन-जर्मनी संयुक्त सिर्जना" रहेको छ। पाँच सय चिनियाँ र जर्मन राजनीतिक तथा आर्थिक प्रतिनिधिहरु सो मञ्चमा सहभागी भएका छन्।

जर्मनीको पश्चिमी भागमा रहेको नोर्हेइन-वेस्टफलन राज्य चीनसँग सबैभन्दा घनिष्ट सम्बन्ध रहेको जर्मनीको राज्यहरुमध्ये एक हो। लगभग एक हजार एक सय सत्तरी वटा चिनियाँ व्यवसायहरुले त्यहाँ लगानी गरेका छन्। नोर्हेइन-वेस्टफलन राज्यका आर्थिक विभागका सचिव करिस्तोफ तामेर्मानले अझ बढी चिनियाँ व्यवसायीहरुलाई नोर्हेइन-वेस्टफलन राज्यमा आफ्ना शाखा कार्यालय स्थापना गरेको बताउनुभयो। यस वर्ष चीनको सुधार र खुलापन सुरु भएको चालीसौं वार्षिकोत्सव हो। चिनियाँ बजारको अझ खुलापनबाट चीन र जर्मनी बीचको सहयोगमा सुविधा बढ्ने उहाँले बताउनुभयो।

नोर्हेइन-वेस्टफलन राज्यका लागि चिनियाँ महावाणिज्यदूत फन हाइ याङले नोर्हेइन-वेस्टफलन राज्य "बीआरआई"को महत्वपूर्ण ठाउँ र चीन तथा जर्मनी सिर्जना सहयोगको ठूलो समर्थक रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु