फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अर्जेन्टीनामा बीस मुलुक समूहको व्यापार तथा लगानी मन्त्री स्तरीय सम्मेलन

(GMT+08:00) 2018-09-15 15:26:57

हिजो सेप्टेम्बर चौध तारिख बीस मुलुक समूहका व्यापार तथा लगानी मन्त्री स्तरीय सम्मेलन अर्जेन्टिनामा आयोजित भयो। अर्जेन्टिनाका विदेश मन्त्री, ब्राजिलका विदेश मन्त्री, भारतीय व्यापार तथा उद्योग मन्त्री, चीनका उप वाणिज्य मन्त्री लगायत 35 जना उच्च स्तरीय अधिकारीहरु यो सम्मेलनमा सहभागी भएका छन्।

सो सम्मेलनको मुख्य विषय थप समावेशी कृषि खाद्य विश्वव्यापी मूल्य शृङ्खला निर्माण गर्ने, नयाँ औद्योगिक क्रान्तिको चुनौतिको सामना र विश्व व्यापारको विकासमा बीस मुलुक समूहद्बारा वार्ता मञ्च निर्माण गर्ने रहेका छन्।

अर्जेन्टिनाका विदेश मन्त्री जोर्गे फुरेले सम्मेलनपछि सीआरआईलाई अन्तर्वार्ता दिँदै हालै विश्व व्यापारका लागि धेरै महत्वपूर्ण समय रहेको बताउनुभयो। उहाँले यस पटकको सम्मेलनमा सहभागी भएका विभिन्न देशका मन्त्रीहरुले इमानदार रुपमा छलफल गर्दै विभिन्न मुलुकको सहयोगलाई सबल पार्ने आशा व्यक्त गर्नुभयो। हालैको अन्तर्राष्ट्रिय व्यापार परिस्थितिबारे उहाँले बीस मुलुक समूहले बहुपक्षीयवादलाई सधैँ नै समर्थन, एकपक्षीयवाद तथा व्यापार संरक्षणवादको विरोध गरिरहेको बताउनुभयो। उहाँले केही ठूला मुलुकले क्रमबद्ध भन्सारकर सम्बन्धी नीतिबारे अन्तर्राष्ट्रिय व्यापार बृद्धिका लागि कुनै फाइदा नरहेको बताउनुभयो।

जानकारी तथा लेखहरु