फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-पाकिस्तान मैत्री रेडियोद्बारा दुवै मुलुक बीचको मित्रता बढाउने पाकिस्तानी संचारमन्त्रीको भनाइ

(GMT+08:00) 2018-09-15 15:27:28

पाकिस्तानी संचारमन्त्री फावद चौधरीले हिजो सेप्टेम्बर चौथ तारिख पाकिस्तानको राजधानी इस्लामावादमा रहेको एफएम 98 मेघाहर्ज रेडियोको अवलोकन गर्नुभयो। उहाँले अवलोकनमा चीन पाकिस्तान बीचको मित्रतालाई बढाउनेमा चीन-पाकिस्तान मैत्रि एफएम रेडियोले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। उहाँले पाकिस्तानको आर्थिक विकासका लागि चीन-पाकिस्तान आर्थिक करिडोरले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नयाँ सरकारले चीन-पाकिस्तान आर्थिक करिडोरको परिमाणलाई निरन्तर रुपमा विस्तार गर्ने विचार व्यक्त गर्नुभयो।

उहाँले हालै चीन-पाकिस्तान आर्थिक करिडोर प्रारुपमा अठ्ठाईस अर्ब अमेरिकी डलर परियोजना रहेको जानकारी पनि दिनुभयो। उहाँले आगामी समयमा विभिन्न क्षेत्रका अरु बयालीस अर्ब अमेरिकी डलरको परियोजना निर्माण गर्ने पनि उल्लेख गर्नुभयो।

चीन-पाकिस्तान मैत्री एफएम 98 मेघाहर्ज रेडियो सीआरआई र पाकिस्तान राष्ट्रिय रेडियोसँग साझेदार गरिएको संचार परियोजना हो।

जानकारी तथा लेखहरु