फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय मानव अधिकार विकासद्वारा संयुक्त वक्तव्य प्रकाशित

(GMT+08:00) 2018-09-15 15:27:50

हिजो सेप्टेम्बर चौध तारिख जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि चीनका स्थायी प्रतिनिधि यु च्येन ह्वाले संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदको 39औँ सम्मेलनमा लगभग 140 वटा मुलुकको तर्फबाट "हातेमालो सहयोग गरी गरिबी निवारण, संयुक्त रुपमा अन्तर्राष्ट्रिय मानव अधिकारको विकास प्रबर्द्धन" शीर्षकमा संयुक्त वक्तव्य प्रकाशित गर्नुभएको छ।

यु च्येन ह्वाले वक्तव्य प्रकाशित गर्दै गरिबी मानव जातिसमक्ष देखा परेको साझा चुनौति रहेको भन्दै यसले मानव अधिकारमा ठूलो बाधा दिएको बताउनुभयो। उहाँले हाल विश्वका लगभग असी करोड गरिब रहेको बताउँदै विश्वले गरिबी निवारणमा लामो बाटो हिड्नुपर्ने जानकारी दिनुभयो। यु च्येन ह्वाले सबै किसिमको गरिबी निवारण नै सुखी जीवन पाउने सबै जनताको आधारभूत हित हो भन्दै मानव अधिकारको प्रबर्द्धन र संरक्षण गर्ने महत्वपूर्ण बाटो पनि रहेको औँल्याउनुभयो। विभिन्न मुलुकले मिलेर प्रयास गरी गरिबी निवारण गरेर मानव अधिकारको अझ राम्रोसँग प्रबर्द्धन र संरक्षण गर्न आवश्यकता रहेको पनि उहाँले उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु