फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जी बीस व्यापार तथा लगानी मन्त्री सम्मेलनद्वारा जारी वक्तव्य

(GMT+08:00) 2018-09-15 15:28:14

हिजो सेप्टेम्बर चौध तारिख जी बीस समूहको दोस्रो व्यापार तथा लगानी मन्त्री स्तरीय सम्मेलन अर्जेन्टिनाको मार देल प्लाता शहरमा सम्पन्न भएको छ। सम्मेलन सम्पन्न भएपछि एक वक्तव्य पनि प्रकाशित भएको छ।

वक्तव्यले अन्तर्राष्ट्रिय व्यापार र लगानी विश्व अर्थतन्त्र, उत्पादित क्षमता, नवीन सिर्जना, रोजगार र विकासको इन्जिन रहेको भन्दै वैज्ञानिक तथा प्राविधिकको तुरुन्तै विकासले विश्वको अर्थतन्त्रलाई ऐतिहासिक उचाइमा ल्याएको व्यक्त गरेको छ। बैङ्किङ सं‍कट भएपछि व्यापारिक पुनःरुत्थान अवस्था देखिए पनि आर्थिक खसेको जोखिमबाट सबैको विश्वासलाई प्रभावित हुनसक्ने भन्दै सो अवधिमा जी बीस समूहले सहयोग गरी आर्थिक विकासको दिगो विकास र बजारको खुलापनलाई सुदृढ पारेर आर्थिक विकासको समस्याको समाधान गरी अन्तर्राष्ट्रिय व्यापार प्रणालीलाई पुनःरुत्थान गराउने पनि वक्तव्यमा बताइएको छ।

वक्तव्यका अनुसार, जी बीस समूहले विभिन्न पक्षलाई सल्लाह र वार्ता गर्ने मञ्चको प्रदान गरेको छ जसले साझा प्रयासको आधारमा अन्तर्राष्ट्रिय व्यापार र लगानीबाट विभिन्न पक्षलाई फाइदा पुर्‍याउनसक्छ।

जानकारी तथा लेखहरु