फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्री ली ख छ्याङद्वारा फ्रान्सका विदेशमन्त्रीसँग भेट

(GMT+08:00) 2018-09-15 15:28:34

चीनका प्रधानमन्त्री ली ख छ्याङले हिजो सेप्टेम्बर चौध तारिख दिउँसो बेइजिङस्थित जन बृहत्त सभा भवनमा फ्रान्सका विदेश मन्त्री जीन यभेस ले ड्रियनसँग भेट-वार्ता गर्नुभएको छ।

सो अवसरमा प्रधानमन्त्री लीले चीन र फ्रान्सबीचको आपसी हितको ठूलो क्षेत्र रहेको भन्दै चीनले फ्रान्ससँग चौतर्फी व्यावहारिक सहयोग बढाएर चीन-फ्रान्स सम्बन्धको विकासबाट दुई देशका जनतालाई अरु फाइदा पुर्‍याउने इच्छा लिएको बताउनुभयो।

फ्रान्सका मन्त्री जीनले फ्रान्स र चीनले बहु पक्षवाद र राजनीतिक उपायमार्फत मतभेद हटाउन कुरामा आसपी समर्थन गरेको भन्दै फ्रान्सले चीनसँग रणनीतिक सम्पर्क र व्यावहारिक सहयोगलाई बढाउने इच्छा लिएको बताउनुभयो।

जानकारी तथा लेखहरु