फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्विडेनका प्रहरी समक्ष मानव अधिकार छ?

(GMT+08:00) 2018-09-16 15:06:41

सेप्टेम्बर १५ तारिख स्विडेनको लागि चिनियाँ राजदूताबासले यही महिनाको शुरूमा स्विडेन प्रहरीले चिनियाँ पर्यटकलाई दुर्व्यवहार गरेको घटनाबारे एक वक्तव्य प्रकाशित गर्दै स्विडेन प्रहरीको कार्वाहीमाथि कडा निन्दा गरेको छ। साथै यस्तो कार्वाहीबाट चिनियाँ नागरिकको ज्यान, सुरक्षा तथा आधारभूत मानवअधिकारको गम्भीर उलंघन भएको दाबी पनि चिनियाँ राजदूताबासले गरेको छ। स्विडेन सरकारले तुरून्तै यस घटनाको छानबिन गरी चिनियाँ नागरिकमाथि दुर्व्यवहार गर्नेलाई सजाय दिने, पीडितप्रति क्षमा माग्ने र क्षतिपूर्ति दिने माग सयममै पूरा गर्न पनि आग्रह छ।

स्विडेनको लागि चिनियाँ राजदूताबास तथा सम्बद्ध समाचार वमोजिम, उक्त घटना सेप्टेम्बर २ तारिख विहान भएको हो। चिनियाँ नागरिक चङले आफ्ना आमाबुबाको साथमा स्टकहोमको एक होटेल पुगेका थिए। उनले बुक गरेको कोठा सोही दिनको बिहानपछि मात्रै पाउने भएकाले उनले ६० वर्षीय आमाबुबाको कमजोर स्वास्थ्यलाई ख्याल गर्दै पैसा तिरेर होटेलको लबीमा आराम गर्न दिन अनुरोध गरेका थिए। तर होटेलले चङको अनुरोधलाई अस्वीकार गर्‍यो र छलफल गर्ने क्रममा प्रहरीलाई बोलायो। प्रहरी तत्थान पुगेपछि बलपूर्वक चङका आमाबुबालाई होटेलबाट बाहिर निकाले र स्टकहोम शहरबाट १० किलोमिटर टाढा रहेको एक पर्यटकीय स्थलमा छोडिदिए। मध्यरातमा बाटोमा भेटिएका मानिसहरूको सहयोगमा चङ र उनका आमाबुबा शहरमा फर्किए र स्विडेनका लागि चिनियाँ राजदूताबाससँग सम्पर्क गरे। त्यसपछि स्विडेनका लागि चिनियाँ राजदूताबास तथा चिनियाँ परराष्ट्र मन्त्रालयले स्टकहोम र पैचिङमा स्विडेन सरकारसँग गम्भीर सम्पर्क गर्न आग्रह गरे।

घटनास्थलमा खिचिएको भिडियो फुटेज र स्विडेन प्रहरीको कार्वाही हेर्दा दुईवटा विषय विश्वास गर्न गाह्रो हुन्छः

सर्वप्रथम, घटनास्थलमा खिचिएको भिडियो हेर्दा स्विडेन प्रहरीले चङका बुबा(६७ वर्षीय मुटु रोगी)लाई होटेलबाट घिसार्दै बाहिर लगेको देखिन्छ। स्विडेन मानवअधिकारको उच्चस्तरीय संरक्षण गर्ने विकसित मुलुक हो। सन् २०१७ को मे महिनामा 'विश्वको मानवअधिकार प्रतिवेदन' सार्वजनिक हुँदा चीन लगायतका मुलुकमा मानव अधिकारको वर्तमान अवस्थाको आलोचना गरेर विश्वमा मानव अधिकार सम्बन्धी स्विडेन न्यायाधिश जस्तो बनेको छ। तर सेप्टेम्बर २ तारिख स्टकहोममा भएको सोही घटनाले स्विडेनमा मानवधिकार संरक्षण स्तर तथा कानुन कार्यान्वयनमा ठूलो शंका उब्जिएको छ।

दोस्रो कुरा, सो घटना २ हप्ताअघि नै भएको हो र बितेका २ हप्तामा स्विडेनको लागि चिनियाँ राजदूताबासले स्विडेन सरकारसँग सम्पर्क गर्दा पनि स्विडेनले प्रतिक्रिया जनाएको छैन। यस्तो कार्वाही देश-देश बीच हुनुपर्ने कूटनीतिक शिष्टाचारसँग प्रतिकूल छ।

बितेका २ महिनामा स्विडेनका केही शहरमा हिंसात्मक घटना बारम्बार भएकाले सामाजिक सुरक्षा अवस्था चर्कँदै गएको छ। स्विडेनको लागि चिनियाँ राजदूताबासले स्विडेनमा रहेका चिनियाँ नागरिकहरूलाई ३ पटक सुरक्षा सम्बन्धी सचेतता जारी गरेको छ। सो घटनामा स्विडेन प्रहरीले चिनियाँ पर्यटकलाई दुर्व्यवहार गरेबाट स्विडेनको मानव अधिकार अवस्थामा चिन्ता उत्पन्न भएको छ। सो घटना स्विडेन प्रहरीले कानुनको दुरूपयोग गरेको अलग घटना हो अथवा स्विडेनमा मानवअधिकारको संरक्षण अपुग भएको अवस्था प्रतिविम्वित भएको भन्ने प्रश्न उठेको छ। त्यसैगरी भेदभावको संकेत हो कि भन्ने व्यापक शंका पनि उत्पन्न भएको छ। उल्लिखित सबै प्रश्नमा स्विडेनले औपचारिक प्रतिक्रिया दिनुपर्छ भन्ने विश्वास छ।

जानकारी तथा लेखहरु