फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दशौं चीन बैदेशिक लगानी मेला पैचिङमा शुरू

(GMT+08:00) 2018-09-16 15:07:16

बैदेशिक लगानी प्रणाली नवीकरण विश्वमा आर्थिक बृद्धिको प्रवर्द्धन शीर्षकमा अन्तर्राष्ट्रिय उत्पादन क्षमता सहयोग मञ्च २०१८ अर्थात् दशौं चीन बैदेशिक लगानी मेला हिजो सेप्टेम्बर १५ तारिख पैचिङमा शुरू भएको छ। दुई दिनसम्म चल्ने सो मेला बीआरआई नयाँ उर्जा सम्बन्धी अन्तर्राष्ट्रिय सहयोग, बीआरआई लगानी, व्यापारिक समस्याको प्रतिरोध तथा मतभेद मध्यस्थतामा केन्द्रित रहनेछ।

सो मेलामा सहभागी रूसी संघीय राष्ट्रपतिका सल्लाहकार ग्राजिएभ शेर्गेइले रूसको 'यूरोप एशिया आर्थिक गठबन्धन' तथा चीनको बीआरआईलाई जोड्नका लागि एक साझा मञ्च प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

प्राप्त जानकारी अनुसार, यस पटकको मेलामा १०० जना चिनियाँ तथा विदेशी उद्यमी, विशेषज्ञ, विद्वानले भाग लिइरहेका छन् र उनीहरूले चिनियाँ व्यवसायका लागि बिदेशमा लगानी गर्ने र बैदेशिक लगानी भित्र्याउने, अन्तर्राष्ट्रिय उत्पादन क्षमतालाई प्रवर्द्धन एवं बहुपक्षीय आर्थिक व्यापारिक वार्ता आयोजनाका लागि उच्चस्तरिय सेवा प्रदान गर्ने जनाइएको छ।

जानकारी तथा लेखहरु