फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इरानले यूरेनियम घनिभूत पार्ने सम्भावना

(GMT+08:00) 2018-09-16 15:07:40

इरानको आणविक समस्या सम्बन्धी सन्धिमा अमेरिका पछि हेटेको पृष्ठभूमिमा यूरोपेली मुलुकले लगातार नकारात्मक गतिविधि गरेमा इरानले यूरेनियम घनिभूत पार्ने गतिविधिलाई बढाउने सम्भावना रहेको इरानी विदेश मन्त्री मोहमद जाभव जारिफले सेप्टेम्बर १५ तारिख जनाउनुभएको छ।

अमेरिकाको नाकाबन्दीले ल्याएको प्रभावको प्रतिरोध गर्नको लागि यूरोप तथा इरानको आणविक समस्या सम्बन्धी सन्धिमा सहभागी अन्य पक्षहरूले कार्वाही गर्नुपर्ने आग्रह पनि इरानी विदेश मन्त्री जारिफले गर्नुभएको छ।

अमेरिकाले मै महिनामा इरानको आणविक समस्या सम्बन्धी सन्धिबाट बाहिरिने सार्वजनिक गरेर अगष्ट महिनामा एकपक्षीय रूपमा इरान आणविक समस्यालाई लक्षित नाकाबन्दी पुनः शुरू गरेको छ। आगामी नोभेम्बरको शुरूमा इरानको पेट्रोलियम निर्यात तथा बैंकिङ उद्योगमाथि गरिने नाकाबन्दीलाई पुनः सक्रिय बनाउने योजना अमेरिकाले बनाएको छ।

जानकारी तथा लेखहरु