फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्विडेन प्रहरीद्बारा चिनियाँ पर्यटकलाई दुर्वव्यवहार गरेकोमा चीनको आपत्ति

(GMT+08:00) 2018-09-16 15:08:50

स्विडेनका लागि चिनियाँ दूताबासले सेप्टेम्बर पन्ध्र तारिख एउटा वक्तव्य प्रकाशित गर्दै सेप्टेम्बर दुई तारिख स्विडेनका प्रहरीले स्टकहोममा तीनजना चिनियाँ पर्यटकलाई दुर्व्यवहार गरिएकोमा कडा निन्दा गरेको छ।

स्विडेनका लागि चिनियाँ दूताबासको वाणिज्य कार्यालयका प्रमुख चाङ लैले स्विडेनका लागि चिनियाँ राजदूत र चीनको परराष्ट्र मन्त्रालयले स्टकहोम र पैचिङमा स्विडेन सरकारसँग औपचारिक सम्पर्क गरेको बताउनुभयो। उहाँले स्विडेन प्रहरीको व्यवहारबाट चिनियाँ जनताको जीवन रक्षा र आधारभूत मानव अधिकारको गम्भिर उल्लंघन भएको भन्दै स्विडेन सरकारसँग यो घटनाको पूर्ण जाँचबुझ गर्न माग गरेको बताउनुभयो। उहाँले स्विडेन सरकारले यो घटनाबारे चीनलाई कूनै जवाफ नदिएको र सोबारे स्विडेनका लागि चिनियाँ राजदूतले कुनै प्रतिक्रिया प्राप्त नगरेको भन्दै स्विडेन सरकारले स्विडेनमा रहेका चिनियाँहरुको कानुनी अधिकारको प्रत्याभूति गर्न ताकिता गर्ने औँल्याउनुभयो।

जानकारी तथा लेखहरु