फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका उपराष्ट्रपतिले चीनको भ्रमण गर्नुहुने

(GMT+08:00) 2018-09-16 15:13:21

नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ'ले आउँदो असोज ३ गते चीनको औपचारिक भ्रमण गर्नु हुने भएको छ। छ दिनको भ्रमणका लागि चीन जान लाग्नुभएको उपराष्ट्रपतिको यो दोस्रो चीन भ्रमण रहेको गोरखापत्र अनलाइनले लेखेको छ।

यसअघि पहिलो पटक उपराष्ट्रपति हुँदा पनि उहाँले एक पटक चीन भ्रमण गर्नुभएको थियो। दोस्रो पटक निर्वाचित भएपछि भने उहाँको यो पहिलो वैदेशिक भ्रमणमा हो।

भ्रमणको क्रममा उपराष्ट्रपतिले सिचुवान प्रान्तको सदरमुकाम छन्दुमा असोज ४ गतेदेखि सुरु हुने '१७ औं चीन पश्चिम अन्तर्राष्ट्रिय मेला'मा सहभागीता जनाउनुहुने उहाँका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभएको छ। उहाँले असोज ४ गते अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ। 'चीनमा नयाँ क्षेत्र, पश्चिमी चीनमा नयाँ विकास' भन्ने मुख्य नाराका साथ आयोजना भएको मेला असोज ८ गतेसम्म आयोजना हुनेछ।

उपराष्ट्रपतिले असोज ५ गते अन्तर्राष्ट्रिय मेलाको अवसरमा छेन्दुमा आयोजित डिजिटल फोरमलाई सम्बोधन गर्नुहुनेछ। चीनमा रहँदा उहाँले चीन सरकारका उच्च पदाधिकारीहरु, चिनियाँ कम्युनिस्ट पार्टी सिचुवान प्रान्तका पदाधिकारी, सरकारी प्रतिनिधिहरुसँग भेटवार्ता गनुहुनेछ। उहाँले सिचुवानको विकासे परियोजनालगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमण समेत गर्नुहुनेछ।

उपराष्ट्रपतिको भ्रमण टोलीमा करिब १५ जना हुनेछन्। भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली पुन, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, उपराष्ट्रपतिका स्वकीय सचिवालय र सुरक्षा अधिकारी लगायत हुनुहुनेछ।

सीपीसीका सिचुवान प्रान्त सचिव फङ छिङह्वा र चिनियाँ जनसरकारका सिचुवान प्रान्तका गभर्नर यिन लिले मेला आयोजक समितिको तर्फबाट गरेका निमन्त्रणामा चीन जान लाग्नुभएका उपराष्ट्रपति असोज ८ गते स्वदेश फर्कनु हुनेछ।

जानकारी तथा लेखहरु