फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेश्रो मुलुकबाट ल्याइने सामग्री भारतमा चोरिएको नेपाली व्यवसायीको गुनासो

(GMT+08:00) 2018-09-17 14:29:12

७ वर्षअघि नेपालले तेस्रो मुलुक हुँदै ल्याउने कन्टेनरमा भारतले अतिरिक्त ताला लगाउन थाल्यो। सन् २०१३मा आर्थिक पत्रकारको टोली भारत जाँदा तात्कालिन वाणिज्य तथा उद्योग मन्त्रालयका सहसचिव अरविन्द मेहताले नेपालका लागि भनेर तेस्रो मुलुकबाट ल्याइएका सामान भारतमै बेच्ने प्रवृत्ति देखिएको भन्दै अतिरिक्त ताला लगाएपछि नेपाली सामान चोरिन बन्द हुने बताएका थिए। तर अहिले तेस्रो मुलुकबाट आउने धेरैजसो सामान भारतमै चोरिन थालेका छन्।अतिरिक्त ताला लगाउने भारतीय निर्णय खोटो सावित भएको छ।

तेस्रो मुलुकबाट मालसामानका कन्टेनरलाई कोलकाता बन्दरगाहस्थित भारतीय भन्सार कार्यालयले शिलबन्दी गरेर नेपालतर्फ पठाउने गरेको छ।तर बीचमै सामान चोरिन थालेका छन्।सङ्गठित गिरोहले कन्टेनरको वरिपरिको नटबोल्टु खोलेर मालसामान चोर्ने गरेको फेला परेको हो। विराटनगरको बजरङ्ग इन्टरप्राइजेजले इन्डोनेसियाबाट पैठारी गरेको एक कन्टेनर सुपारीमा ६ सय किलोग्राम कम्ती भएको प्रमाणित गरेर त्यसको क्षतिपूर्ति ट्रान्सपोर्ट कम्पनीसँग लिएपछि चोरीको रहस्य खुलेको हो।

अर्का आयातकर्ता हेमकरण दुगडका अनुसार शिलबन्दी कन्टेनरबाट मालसामान चोरिने समस्या पुरानो हो। दुगडले भन्नुभयो, 'तीनचार वर्ष रोकिएकोजस्तो भएको थियो । फेरि सुरु भएछ ।'यसअघि विराटनगरकै नन्दकिशोर राठीले समुद्रपारबाट पैठारी गरेको तोरी पनि शिलबन्दी कन्टेनरबाट चोरी भएको पत्ता लागेको थियो। आयातकर्ता राठीले पनि आवश्यक प्रक्रिया पुर्याएर क्षतिपूर्ति लिएको विजमाण्डु अनलाइनमा समाचार छ।

जानकारी तथा लेखहरु