फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दश हजार मिटरको उचाइबाट चीन हेरेर विश्वले के के देख्नसक्छ?

(GMT+08:00) 2018-09-17 15:47:29
दुई दिने चीनको विकासम्बन्धी उच्चस्तरीय मञ्चको गोष्ठी हिजो सो‍ह्र तारिख पैचिङमा आयोजना भएको छ। स्वदेशी तथा विदेशी उद्योग-व्यवसाय क्षेत्र, सरकारी संस्थानलगायतका करीब आठ सय जना अतिथिले चीनको नयाँ युगको सुधार तथा खुलापनबारे प्रस्ताव र कदम प्रस्तुत गरेका छन्।

दश हजार मिटरको उचाइको आकाशबाट चीनतर्फ हेरेर विश्वले के के देखेको छ त?

पहिलो, उपलब्धि र आत्मविश्वास देखिएको छ। विगत चालीस वर्षमा चीन विश्वको विकासमा स्वतःसंलग्न भएको थियो र चीनले स्पष्ट उपलब्धि हासिल गरेको थियो। उक्त गोष्ठीमा सहभागी विश्व बैंकका पूर्व गभर्नर रोबर्ड जोलिकले चीनको उपलब्धि देखेको, चीनले हासिल गरेको ऐतिहासिक उपलब्धिप्रति सबैलाई गौरब लाग्नुपर्ने, यो विश्वको सबैभन्दा ठूलो गरिबी न्यूनीकरण आन्दोलन भएको कुरा बताउनुभयो।

दोस्रो, अन्तर र चुनौती देखिएको छ। यो पनि चीनले सुधारलाई फेरि अगाडी बढाउने र खुलापनलाई फेरि विस्तार गर्ने नयाँ शुभारम्भ बिन्दु हो। चीन र विश्वबीचको सबैभन्दा अन्तर र चुनौती विकासको स्तर देखिएको छ। गत वर्षको अन्त्यसम्म चीनको तीन करोड गरिब जनसंख्या गरिबीबाट मुक्त भयो। त्यसैले भविश्यमा चीनले अर्थतन्त्र र राजनीतिको उच्च गुणस्तरको विकासको बाटोको अन्वेषण गर्नुपर्ने छ।

अन्तमा, निहित शक्ति र साझा विजय देखिएको छ। यो चीन र विश्वको साझा विकासको शक्ति हो। चालीस वर्षअघि चीनको अर्थतन्त्रले विश्वको अर्थतन्त्रको कुल मात्राको 1.8प्रतिशत मात्रै ओगटेको थियो। गत वर्ष यो अंक बढेर 15प्रतिशत बराबर पुगेको छ। विश्वको पहिलो ठूलो निर्यातकर्ता मुलुक र दोस्रो ठूलो आयातकर्ता मुलुकको रुपमा चीनले विश्वसँग स्वाधीन आर्थिक विकासको उपलब्धि र मौका बाँडेको छ।

सुधार तथा खुलापनलाई निरन्तर रुपमा अगाडि बढाउनु चीनको सहमति हो। चीनले आफ्नो कुरा राम्रोसँग गर्नुपर्छ। यसले गर्दा चीन अझै खुलस्त हुने छ। विश्वले चीनको विकासको मौका बाँड्नसक्ने छ।

जानकारी तथा लेखहरु