फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काकादु-२०१८ बहुमुलुकको नौ सेनाहरूको सैनिक अभ्यास सम्पन्न

(GMT+08:00) 2018-09-17 15:48:53

प्रत्येक दुई दुई वर्षमा हुने काकादु-२०१८ नामक बहु मुलुकको नौ सेनाहरूको सैनिक अभ्यास सम्पन्न भएको छ। स्थानीय समयअनुसार सेप्टेम्बर पन्ध्र तारिख विहान चिनियाँ नौ सेनाको तर्फबाट यस पटकको सैनिक अभ्यासमा सहभागी व्हाङ शान युद्धपोत अस्ट्रेलियाको डार्विन बन्दरगाहबाट स्वदेशतर्फ प्रस्थान गरेको छ।

यस पटकको काकादु-२०१८ नामक बहु मुलुकको नौ सेनाहरूको सैनिक अभ्यासमा चीन, पाकिस्तान, श्रीलंका लगायतका 27 वटा मुलुकले सैनिकहरू र पर्यवेक्षकहरूलाई सहभागिताका लागि पठाएका थिए। व्हाङ शान युद्धपोत अगष्ट 21 तारिख क्वाङ तुङ प्रान्तको चान च्याङबाट प्रस्थान गरी अगष्ट 30 तारिख डार्विन बन्दरगाह पुगेको थियो। व्हाङ शान युद्धपोतले "काकादु कप"को खेलकुद, अन्तर्राष्ट्रिय साँस्कृतिक महोत्सव लगायतका आदान-प्रदान कार्यक्रमहरूमा भाग लिएको छ। सेप्टेम्बर छ तारिखदेखि तेह्र तारिखसम्म व्हाङ शान युद्धपोत सैनिक अभ्यासमा सहभागी भएका थिए।

जानकारी तथा लेखहरु