फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्वदेशी तथा विदेशीद्वारा चीनको सुधार तथा खुलापनको नयाँ शुभारम्भ बिन्दु र नयाँ मौकामाथि चासो

(GMT+08:00) 2018-09-17 15:54:45
चीनको विकास सम्बन्धी उच्चस्तरीय मञ्च2018 गोष्ठी सेप्टेम्बर सोह्र तारिखदेखि सत्र तारिखसम्म पैचिङमा आयोजना भएको छ। यो गोष्ठीको मुख्य विषयवस्तु "चीन:सुधारको शुभारम्भ बिन्दु, नयाँ उचाइको खुलापन"भन्ने रहेको छ। स्वदेशी तथा विदेशी राजनीति तथा वाणिज्य क्षेत्रका वरिष्ठ व्यक्तिहरूले चीनको भावी विकास र विश्व अर्थतन्त्रको परिस्थितिबारे संयुक्त रुपमा छलफल गरेका छन्। उक्त गोष्ठीमा सहभागी व्यक्तिहरूकाअनुसार, विश्वको बहुपक्षीय व्यापार प्रणालीको सामु चुनौती देखापरेको अवस्थामा चीनले बाहिरी दवाव शक्तिलाई सुधार तथा खुलापनको शक्तिको रुपमा अपनाउनुपर्ने छ।

चालू वर्ष चीनको सुधार तथा खुलापन नीति लागू भएको चालीसौं वार्षिकोत्सव हो। चीनको सुधार तथा खुलापनले विश्वको विकासका लागि ठूलो मौका उपलब्ध गराएको छ। एलायन्स बर्नस्टाइन होल्डिङ एलपीका अध्यक्ष एवम् विश्व बैंकका पूर्व गभर्नर रोबर्ट जोएलिकले सोह्र तारिख चीनको विकाससम्बन्धी उच्चस्तरीय मञ्चमा चीन सुधार तथा खुलापनबाट लाभान्वित भएको, सुधार तथा खुलापन भविश्यमा चीनको विकासको छनौट बन्नसक्ने कुरा बताउनुभयो।

चीनको राज्य परिषदन्तर्गत विकास अध्ययन केन्द्रका उप प्रमुख वाङ यि मिङले चीनले अगाडि बढाइरहेको स्वतःसुधार कदम चीनको स्वाधीन विकासको रणनैतिक छनौट र विश्वका लागि नयाँ मौका भएको बताउनुभयो।

जानकारी तथा लेखहरु