फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वर्ल्ड आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन२०१८ प्रति चिनियाँ राष्ट्राध्यक्षको सन्देश

(GMT+08:00) 2018-09-17 15:57:03

वर्ल्ड आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन-२०१८ यसै महिनाको १७ तारिखदेखि चीनको शाङहाइमा शुरू भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सो सम्मेलनप्रति शुभकामना सन्देश पठाउँदै सम्मेलनमा सहभागी विभिन्न मुलुकका प्रतिनिधिहरू, अन्तर्राष्ट्रिय संस्थाका जिम्मेवार व्यक्तिहरू, विद्वानहरू, विशेषज्ञहरू तथा उद्यमीहरूको हार्दिक स्वागत पनि गर्नुभएको छ।

सन्देशमा सीले आर्टिफिसियल इन्टेलिजेन्स(ए.आइ.)को नयाँ पुस्ता विश्वव्यापी उदीयमान रहेको र आर्थिक तथा सामाजिक विकासमा नयाँ शक्ति थपिएको औंल्याउनुभएको छ। यस किसिमको नयाँ शक्तिले मानिसहरूको उत्पादन तथा दैनिक जीवनको गहन रूपमा परिवर्तन गरेकोले कानून, सुरक्षा, रोजगारी, नैतिकता तथा सरकारी व्यवस्थापन लगायतका क्षेत्रहरूमा ए.आइ.बाट उठाइएका नयाँ विषयको राम्रोसँग संचालन गर्नुपर्ने पनि सीले उल्लेख गर्नुभएको छ। यसको लागि विभिन्न मुलुकहरूले आपसी सहयोगलाई गहन पार्दै संयुक्त रूपमा काम गर्नुपर्ने ठहर पनि सीले व्यक्त गर्नुभएको छ।

चीनले उच्चगुणस्तरिय विकासलाई कार्यान्वयन गर्दै ए.आइ.को विकास तथा प्रयोगबाट आर्थिक तथा सामाजिक विकासको स्तरलाई ठूलो परिमाणमा उकास्नेमा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ। यसका साथै ए.आइ.बाट सार्वजनिक सेवा तथा शहरी व्यवस्थापन क्षमतालाई पनि प्रभावकारी पारिने विश्वास गरिएको छ। प्राविधिक आदानप्रदान, तथ्याङ्क बाँड्नु, ए.आइ.प्रयोग बजार लगायतका विविध क्षेत्रमा विभिन्न मुलुकसँग सहयोग गर्ने इच्छा चीनले लिएको छ। 'ए.आइ.बाट सबलीकृत नयाँ युग' भन्ने यस पटकको सम्मेलनको मुख्य विषय आधारित सम्मेलनमा सहभागीहरूले गहन रूपमा वैचारिक आदानप्रदान गर्दै ए.आइ.बाट मानवजातिको हित-कल्याण सिर्जना गराउनको लागि साझा प्रयास गर्ने आशा पनि सीले व्यक्त गर्नुभएको छ।

वर्ल्ड आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन२०१८ सेप्टेम्बर १७ देखि १९तारिखसम्म चल्नेछ। विश्वका लगभग ४० वटा मुलुक तथा क्षेत्रबाट आएका विशेषज्ञ, विद्वान तथा उद्यमीले सम्मेलनमा भाग लिएका छन्।

जानकारी तथा लेखहरु