फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व विज्ञान साक्षरता सम्मेलन पैचिङमा आयोजित

(GMT+08:00) 2018-09-17 16:05:14

विश्व विज्ञान साक्षरता सम्मेलन १७ तारखि विहान पैचिङमा शुरू भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति राजनैतिक व्यूरोका स्थायी सदस्य एवम् सचिवालयका सचिव वाङ हु निङले सो सम्मेलनको उद्धाटन समारोहमा भाग लिनुभई राष्ट्राध्यक्ष सी चिनफिङबाट पठाइएको शुभकामना सन्देश सुनाउनुभएको छ।

राष्ट्राध्यक्ष सीले विज्ञान तथा प्रविधि नवीकरणमा महत्व दिँदै आउनुभएको र विज्ञान तथा प्रविधिको नवीकरण आम जनताको वैज्ञानिक गुणस्तरको उकासीमा भर परेकोले विज्ञानको फैलावटलाई नै विज्ञान तथा प्रविधिको नवीकरणसँग बराबर महत्वपूर्ण स्थानमा राख्नुपर्ने ठहर व्यक्त गर्नुभएको वाङले सुनाउनुभएको छ।

विश्वका आम सर्वसाधारणको वैज्ञानिक गुणस्तर वृद्धिका लागि योगदान गर्ने इच्छा चीनले लिएकोले विभिन्न मुलुकसँग विज्ञानको फैलावट सम्बन्धि आदानप्रदान गर्दै मानवजातिको संयुक्त भाग्य समुदायको निर्माणको लागि प्रयास गर्ने आशा वाङले व्यक्त गर्नुभएको छ।

थाहा भए अनुसार, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिओ गुटेरेसले पनि सो सम्मेलनको लागि शुभकामना सन्देश पठाउनुभएको छ।

यस पटकको सम्मेलनको मुख्य विषयसूची 'वैज्ञानिक गुणस्तर तथा मानवजातिको संयुक्त भाग्य समुदाय' रहेको छ। २३वटा अन्तर्राष्ट्रिय विज्ञान संगठन, विश्वका ३८ वटा मुलुकका ५८ वटा राष्ट्रिय वैज्ञानिक संस्थाका प्रतिनिधिहरू एवम् चीनका सम्बद्ध प्रतिनिधिहरू जम्मा गरी १००० जनाले सो सम्मेलनमा भाग लिएका छन्।

जानकारी तथा लेखहरु