फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको आणविक ऊर्जा विकास, सुरक्षा तथा संरक्षण

(GMT+08:00) 2018-09-18 14:47:26

चिनियाँ प्रतिनिधि मण्डलका प्रमुख एवम् अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सीका प्रमुख चाङ खच्यानले १७ तारिख अस्ट्रियाको भियनामा आयोजित अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सीको ६२औं महाधिवेशनलाई सम्बोधन गर्नुभएको छ। सम्बोधनमा उहाँले चीनमा आणविक ऊर्जा विकास, सुरक्षा तथा संरक्षण क्षेत्रमा गरिएको कामबारे जानकारी गराउनुभएको छ।

महाधिवेशनको सामान्य बहसमा चीनले मानव तथा प्रकृतिबीचको मेलमिलापयुक्त विकासको पालना गर्दै ऊर्जाश्रोतको बनौटलाई सुधार गर्दै जाने चाङले बताउनुभयो। उहाँले जानकारी दिए अनुसार, हालसम्म चीनको मुख्य भूमिमा संचालित आणविक ऊर्जा जेनेरेटर समूहको संख्या ४३ वटा पुगेको छ जसबाट उत्पादित विजुलीको परिमाण विश्वको तेस्रो स्थानमा रहेको छ भने निर्माणाधीन आणविक जेनेरेटर समूहको संख्या १३ वटा भएकोले यसको परिधि विश्वमा प्रथम स्थानमा पुगेको छ। चीनले आणविक सुरक्षा तथा संरक्षणमा उच्च महत्व दिँदै राम्रो सुरक्षा रेकर्ड कायम राखिरहेको पनि चाङले प्रकाश पार्नुभएको छ।

अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सीका विभिन्न सदस्य मुलुकहरूले शान्ति तथा विकासमा आणविक ऊर्जाको प्रयोग भन्ने सिद्धान्तको पालना गर्दै यसबाट विकास गराइने मानवजातिको संयुक्त भाग्य समुदायको संयुक्त निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

जानकारी तथा लेखहरु