फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रतिनिधिद्वारा विभिन्न पक्षले कोरियाली प्रायद्विपको शान्ति प्रक्रियालाई संयुक्त रुपमा अगाडि बढाउने आशा

(GMT+08:00) 2018-09-18 14:48:35
संयुक्त राष्ट्र संघका लागि चिनियाँ स्थायी प्रतिनिधि मा चाउ स्यूले सत्र तारिख विभिन्न पक्षले कोरियाली प्रायद्विपको वार्ता शिथिल भएको प्रवृत्तिलाई सुदृढ पार्ने, कोरियाली प्रायद्विपको शान्ति प्रकियालाई संयुक्त रुपमा अगाडि बढाउने र क्षेत्रीय दीर्घकालीन शान्तिको सपना साकार तुल्याउने आशा व्यक्त गर्नुभएको छ।

कोरियाली प्रायद्विपको आणविक समस्यासम्बन्धी संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको खुला बैठकमा मा चाउ स्यूले उक्त कुरा बताउनुभएको हो।

उहाँले चीनले अमेरिका र उत्तर कोरियालाई वार्तामार्फत कोरियाली प्रायद्विपको आणविक समस्याको समाधान गर्न समर्थन दिएको बताउँदै अमेरिका र उत्तर कोरियाले नेतागणको भेटवार्ताको उपलब्धिलाई व्यवहारमा उतार्ने र राजनीतिक उपायमार्फत कोरियाली प्रायद्विप समस्याको समाधान प्रक्रियालाई निरन्तर रुपमा अगाडि बढाउने आशा लिएको पनि बताउनुभयो।

जानकारी तथा लेखहरु