फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण एसियाली ट्राभल्स अवार्डमा नेपाललाई साहसिक गन्तव्यको उपाधि

(GMT+08:00) 2018-09-18 14:50:30

साउथ एसिया ट्राभल्स अवार्ड (साटा)मा नेपालले 'एडभेन्चर डेस्टिनेसन अवार्ड (२०१८)' पाएको छ। भारतको मुम्बईमा भएको कार्यक्रममा भारतका लागि माल्दिभ्सका राजदूत अमद मोहमदले साटा नेपालका उपाध्यक्ष रजत सरावगीलाई उक्त अवार्ड प्रदान गर्नुभयो। एडभेन्चर विधामा नेपाल उत्कृष्ट गन्तव्य भएको भन्दै सो अवार्ड दिइएको हो। साटा अवार्ड प्रतियोगितामा दक्षिण एसियाका विभिन्न पर्यटकीय विधामा प्रस्तुति दिइएको नागरिकन्यूज डटकमले जनाएको छ।

'श्रीलंका, माल्दिभ्स, भारत र भुटानका पर्यटन व्यवसायीले नेपालको वास्तविक पर्यटकीय क्षेत्र अझै अनुभव गर्न पाएका छैनन्। नेपालको हिमाल, पहाड, तराईको प्राकृतिक विविधता आफैंमा विश्वको रोमाञ्चक दृश्य हो,' अवार्ड पाएपछि सरावगीले भन्नुभयो, 'हामीसँग साहसिक खेल, प्याराग्लाइडिङ, पर्वतारोहण, म्याराथन, धार्मिक विविधतासँगै सांस्कृतिक विविधता छ । जगंल सफारी र आकर्षक गन्तव्य धेरै छन्। यो अवार्डले नेपालमा पर्यटक बढ्ने विश्वास छ।'

दक्षिण एसियाका पर्यटकीय होटललाई व्यवस्थित र अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ विगत तीन वर्षदेखि साटा अवार्ड भइरहेको छ। साउथ एसिया ट्राभल अवार्ड कमिटीका अध्यक्ष स्माइल हमिदले दक्षिण एसियाको आर्थिक क्रान्ति र समृद्धि पर्यटन क्षेत्रले मात्रै गर्न सक्ने भएकाले साटा अवार्डले प्रभावकारी सन्देश जाने बताउनुभयो।

नेपालका १० वटा होटलले विभिन्न विधामा अवार्ड पाएका छन्। साउथ एसियन ट्राभल अवार्डका लागि नेपालबाट २० वटा होटल मनोनयनमा परेका थिए। अवार्डका लागि श्रीलंका, माल्दिभ्स, भारत, नेपाल र भुटानका पाँच सय होटलबीच प्रतिस्पर्धा भएको थियो।

अवार्ड संयोजक हमितले होटल व्यवसायीको अकुपेन्सी, प्रोपर्टी, सुविधाको आधारमा उक्त अवार्ड वितरण गरिएको बताउनुभयो। उहाँका अनुसार विशेष गरी बुटिक होटल, हेरिटेज, सिटी होटल, बिजनेस होटल, लक्जरी होटल, रिसोर्ट एन्ड स्पा लगायत ३९ वटा विधामा मनोनयन भएको थियो।

साटा अवार्डको चौथो संस्करण नेपालमा हुनेछ। नेपालको समग्र पर्यटन प्रवद्र्धनका लागि टेवा पु-याउने उद्देश्यले सन् २०१९ मा नेपालमा उक्त अवार्ड हुने साटा कमिटीले जनाएको छ।

जानकारी तथा लेखहरु