फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन जाने

(GMT+08:00) 2018-09-18 14:52:05
प्रधानमन्त्री केपी शर्मा ओली संयु्क्त राष्ट्रसङ्घको ७३ औं महासभामा भाग लिन यही असोज ६ गते अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुहुने भएको छ। महासभामा भाग लिन प्रधानमन्त्री ओलीसहितको उच्चस्तरीय टोली अमेरिका जाने तयारी गरेको प्रधानमन्त्रीका प्रस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो।

उहाँका अनुसार राष्ट्र सङ्घको महासभाको औपचारिक बैठक यही असोज २ गते मङ्गलबारदेखि हुने भए पनि उच्चस्तरीय सम्बोधन भने असोज ९ गतेबाट मात्र सुरु हुनेछ। प्रधानमन्त्री ओलीले महासभा बैठकलाई असोज ११ गते सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो।

"राष्ट्रसङघ सबै नागरिकका लागि सापेक्ष बनाऔं : शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट" मूल नारा तय गरिएको महासभाका लागि प्रधानमन्त्रीसँग २० जनाको उच्चस्तरीय टोली अमेरिका जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नयाँ संविधान जारी गरेपछि सम्पन्न गरेको तीनै तहको निर्वाचन र नेपालले चालेको पछिल्लो आर्थिक समृद्धिको विषयलाई महासभा बैठकमा प्रधानमन्त्रीले औपचारिकरूपले जानकारी गराउने तयारी गर्नुभएको सचिवालयले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु