फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

डलरको भाउ महँगिएपछि यस वर्ष नेपालीहरूको सबैभन्दा ठूलो पर्व दशैंमा धेरै महँगी हुने

(GMT+08:00) 2018-09-18 14:52:53

डलरको भाउ र भन्सार मूल्यांकन वृद्धिले यो वर्षको दशैं महँगिने भएको छ। व्यवसायीका अनुसार यो दशैंमा तयारी पोशाक, जुत्ताचप्पल र विद्युतीय उपकरण २० प्रतिशत महँगो हुनेछ। खाद्यान्नमा समेत नेपाल विदेश निर्भर रहेकाले केही महँगिनेछ।नेपाल सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले डलर र भन्सार मूल्यांकन वृद्धिले चीनबाट आउने सामानको मूल्य बढेको बताउनुभयो।'चीनबाट आउने सामानको मूल्य बढेर आएको छ। गत वर्ष भन्दा सबै सामानको मूल्य २० प्रतिशत भन्दा बढेको छ'उहाँले बिजमाण्डूसँग भन्नुभएको छ।

नेपाल चेम्बर अफ कमर्शका कोषाध्यक्ष निरज रार्इले चीनबाट आउने सामान महँगो भएकाले यो वर्षको दशैंमा उपभोक्तालार्इ अतिरिक्त भार पर्ने बताउनुभयो। 'केरुङमा दशैंका लागि आएका दुर्इ हजार भन्दा बढी कन्टेर सामान छन्। अहिले ट्रक तथा कन्टेनर व्यवसायीले समेत भाडा महँगो बनाएकाले सामानको मूल्य थप बढ्ने देखिएको छ'उहाँले भन्नुभयो।

त्यस्तै पछिल्लो समयमा नेपाली मुद्राको तुलनामा डलरको भाउ महँगो भएको छ। नेपाली मुद्रा कमजोर हुँदा विदेशबाट आयात हुने सामान महँगो हुनेछ। भारत तथा चीनबाट आउने सामान स्थल मार्गबाट बढी आउँछ। नेपालतर्फ आउने सडकमार्गमा पहिरो लगायतका समस्याले पनि भाउ महँगो पर्ने गरेको छ। व्यवसायीले बैंक ऋणमार्फत व्यवसाय गरिरहेका हुन्छन्। बैंक ब्याजदर नै महँगो भएकाले महँगी हुनेछ। तेलको मूल्य वृद्धि र स्थानीय र प्रदेश सरकारले स्रोत जुटाउन विभिन्न कर लगाएकाले यसवर्षको दशैं महँगो हुनेछ।

जानकारी तथा लेखहरु