फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको आर्थिक वृद्धिप्रति आशावादी विश्व अर्थतन्त्र मञ्चका अध्यक्ष

(GMT+08:00) 2018-09-18 15:18:41

विश्व अर्थतन्त्र मञ्चका संस्थापक एवम् कार्यकारी अध्यक्ष क्लाउस स्च्वाबले सत्र तारिख थ्येनचिनमा पत्रकारसँग बोल्दै चीनको आर्थिक वृद्धिप्रति आशावादी भएको कुरा बताउनुभएको छ।

उहाँले आफू पनि चीनको सुधार तथा खुलापन प्रक्रियाको साक्षी भएको बताउँदै चालीस वर्षयता चीनको जीडीपीमा दर्जनौं गुणाले वृद्धि भएको, र जनताको जीवन गुणस्तर स्पष्ट रुपमा माथि उकासिएको कुरा बताउनुभयो। चीनको आर्थिक वृद्धि रोकिने अनुमान अन्त्यमा गल्ती भएको बताउँदै आफैँ चीनको आर्थिक वृद्धिप्रति आशावादी भैरहेको कुरा उहाँले बताउनुभयो।

अठार तारिखदेखि बीस तारिखसम्म बाह्रौं गृष्म डाभोस मञ्चअन्तर्गत विश्व अर्थतन्त्र मञ्चको नयाँ निर्देशक वार्षिक सम्मेलन2018 थ्येन चीनमा आयोजना भएको छ। उहाँले उक्त वार्षिक सम्मेलनमा उपस्थित हुँदै उक्त कुरा बताउनुभएको हो।

जानकारी तथा लेखहरु