फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले दुई खर्ब अमेरिकी डलरका चीन उत्पादित वस्तुमा थप भन्सार कर असुल्ने निर्णयप्रति चीनले जवाफी कदम चाल्ने

(GMT+08:00) 2018-09-18 16:30:45

अमेरिकाले अन्तर्राष्ट्रिय समाज र स्वदेशका प्रायजसो विरोधको वेवास्ता गर्दै सेप्टेम्बर 24 तारिखदेखि चीनले अमेरिकातर्फ निर्यात गर्ने दुई खर्ब अमेरिकी डलरको उत्पादित-वस्तुमाथि थप 10प्रतिशत भन्सार कर असुल्ने निर्णय गरेको छ। चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताले अठार तारिख यसप्रति अफसोस् लागेको बताउँदै आत्महित र विश्व स्वतन्त्र व्यापार परिधिको संरक्षण गर्नका लागि चीनले प्रत्युत्तरको कदम चाल्ने स्पष्ट पारेका छन्।

चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताका अनुसार, अमेरिकाले थप भन्सार कर असुल्ने कुराले दुई पक्षको छलफलका लागि अनिश्चित कारक-तत्व थपेको छ। अमेरिकाले यो कारवाही सच्याउनसक्ने आशा चीनले लिएको छ।

यसका साथै सोही दिन चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले नियमित पत्रकार सम्मेलनमा वार्ता र परामर्श चीन र अमेरिकाको आर्थिक तथा व्यापारिक समस्या समाधान गर्ने एक मात्रै सही माध्यम हो भन्दै हाल अमेरिकाको कारवाहीमा कुनै पनि सदिच्छा नदेखिएको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु