फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उतर तथा दक्षिण कोरियाली नेताबीचको वार्ता उपलब्धीमूलक हुने चीनको अपेक्षा

(GMT+08:00) 2018-09-18 18:26:43

उतर तथा दक्षिण कोरियन नेताबीच प्योङयोङमा भएको वार्ता सफल र उपलब्धिमूलक हुने आशा चीनले गरेको छ। यस पटकको वार्ताबाट कोरियाली प्रायद्वीपलाई आणविकरहित पार्ने तथा राजनैतिक समाधान प्रक्रियालाई अघि बढाउनसक्ने विश्वास पनि चीनले लिएको छ। उक्त कुरा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले १८ तारिख पैचिङमा आयोजित पत्रकार सम्मेलनमा गर्नुभएको हो।

थाहा भएअनुसार, सोही दिनको विहान दक्षिण कोरियन राष्ट्रपति मुन जाए इनले उतर कोरियाको राजधानी प्योङयोङ पुग्नुभई राज्य परिषद स्थायी समितिका अध्यक्ष किम जोन उनसँग भेटवार्ता गर्नुभएको छ।

जानकारी तथा लेखहरु