फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले व्यापार युद्ध चर्काएबाट विद्यमान समस्याको समाधानमा थप कठिनाइ

(GMT+08:00) 2018-09-18 18:51:12

स्वदेशी तथा विदेशीका अधिकांश विरोधका वाबजुद अमेरिकाले सेप्टेम्बर २४ तारिखदेखि २ खरब अमेरिकी डलर बराबर चिनियाँ उत्पादनमाथि थप १० प्रतिशत कर असुल्ने कुरा १७ तारिख सार्वजनिक गरेको छ। साथै अमेरिकाले कर थप्ने अरू कदम पनि चाल्ने जनाएको छ। चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले १८ तारिख यसबारे चर्चा गर्दै आफ्नो आधिकारिक हक-अधिकार तथा विश्व स्वतन्त्र व्यापार परिपाटीको संरक्षण गर्नको लागि अमेरिकाविरूद्ध समयमै प्रतिरोधी कदम चाल्ने जनाउनुभएको छ।

अमेरिकाले जथाभावी रूपमा कर असुलेबाटै दुवै पक्षबीचको छलफलमा अनिश्चितता थपिएको चीनले औंल्याएको छ। अमेरिकाले यस्तो गतिविधिबाट उत्पन्न हुने असहज अवस्था बुझेर आफ्नो गतिविधि सच्याउनुपर्ने माग पनि चीनले राखेको छ।

वास्तवमा अमेरिकाले आफ्नो नीति जसरी परिवर्तन गरेपनि चीनले राष्ट्रिय निर्णायक हित तथा जनताको आधारभूत हित एवम् स्वतन्त्र व्यापार र बहुपक्षीय प्रणालीको अडानपूर्वक रक्षा गर्दै जानेछ।

सर्वप्रथम, अमेरिकाले सार्वजनिक गरेको २ खर्ब अमेरिकी डलर बराबर चिनियाँ सामानमाथि थप १० प्रतिशत कर असुल्ने सूचीमा रहेका धेरै सामान चीनसँग त्यति घनिष्ट सम्बन्ध नभएकोले उल्टै अमेरिकी उपभोक्तामाथि ठूलो असर पर्नेछ।

दोस्रो कुरा, अगष्ट महिनाको शुरूमा चीनले अमेरिकाबाट निर्यात गरिएका ६० अर्ब अमेरिकी डलर बराबरका सामानमाथि फरक फरक कर थप्ने निर्णय सार्वजनिक गर्यो। यसबाट हेर्दा अमेरिकाले जुनसुकै किसिमका गतिविधिको पनि चीनले शान्त भएर सामान गर्ने छ।

तेस्रो कुरा, चालू वर्षको पूर्वार्धमा अमेरिकासँगको व्यापारमा चीनले भर पर्दो दर ४.६ प्रतिशतसम्म घटेको छ र यसको अर्थ चीनको आर्थिक वृद्धि गार्हस्थ उपभोग्य तथा लगानीमा भर पर्ने छ।

चीन-अमेरिका बीचको अर्थ तथा व्यापारको वास्तविक अवस्था आपसी हित र साझा बिजय हो। सहयोग नै दुइ पक्षबीच एउटै मात्र सही छनौट हो। अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी राष्ट्रिय, व्यवसायिक तथा जनताको हितको संरक्षण गर्न खोजेमा चाँडै नै सदिच्छा देखाउनुपर्छ।

जानकारी तथा लेखहरु