फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले अमेरिकामाथि झण्डै साठी अर्ब अमेरिकी डलरको मालसामानमाथि थप भन्सार कर लगाउने नियम यसै चौब्बीस तारिखदेखि लागू हुने

(GMT+08:00) 2018-09-19 11:00:12

गत जुलाई एघार तारिख अमेरिकी सरकारले चीनबाट आयात गरिएका झण्डै दुई खर्ब अमेरिकी डलर बराबरको मालसामानमाथि थप दश प्रतिशतको भन्सार कर लगाउने घोषणा गरेको थियो भने गत अगष्ट दुई तारिख फेरि त्यस भन्सार करलाई पच्चीस प्रतिशतसम्म उकासेको थियो। यसै बीच सेप्टेम्बर अठार तारिख अमेरिकी सरकारले चीनबाट आयात गरिएका मालसामानमाथि थप भन्सार कर लगाउने घोषणा गरेको छ। त्यसको जवाफमा चीनले सन् २०१८ को सेप्टेम्बर चौब्बीस तारिखदेखि थप लगाउने भन्सार कर दश प्रतिशत हुनेछ भने सन् २०१९ को जनवरी एक तारिखदेखि भन्सार कर पच्चीस प्रतिशतसम्म बढाउने भएको छ।

अमेरिकाले अरु पक्षको विरोधको बावजुद जथाभावी रुपमा आफ्नो नीति अपनाएकाले चीन-अमेरिका व्यापारिक भिडन्त निरन्तर रुपमा चर्कंदै आएको देखिन्छ। स्वतन्त्र व्यापार र बहुपक्षीय व्यवस्थाको सँरक्षण गर्न र आफ्नो उचित हक-अधिकारको सँरक्षण गर्नका लागि चीनले बाध्य भएर सार्वजनिक गरिएको झण्डै साठी अर्ब अमेरिकी डलरको मालसामानमाथि थप भन्सार कर लगाउने निर्णय गरेको चीनको वित्तीय मन्त्रालयको वेबसाइटले जनाएको छ।

जानकारी तथा लेखहरु