फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पश्चिम चीन अन्तर्राष्ट्रिय मेला'मा सहभागी हुन नेपालका उपरराष्ट्रपति चीनमा

(GMT+08:00) 2018-09-19 13:45:02

चीनको सछ्वान प्रान्तको छङ्तुमा असोज ४ गतेदेखि सुरु हुने '१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला'मा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन सहभागि हुनुहुने भएको छ। ६ दिने औपचारिक भ्रमणका लागि बुधबार चीन प्रस्थान गरी बिहीबार अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई उपराष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

उपराष्ट्रपतिले असोज ४ गते नै चीन भ्रमणका क्रममा वेल्ट एण्ड रोडसम्बन्धी व्यवसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ। चीनमा रहँदा चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्तका सेक्रेटरी, सरकारी प्रतिनिधिले शिष्टाचार भेट गर्ने कार्यक्रसमेत तय भएको नागरिकन्यूज डटकमले जनाएको छ।

सिचुवानको विकासे परियोजनालगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमणसमेत गर्ने योजना छ। सो भ्रमणबारे उपराष्ट्रपति पुनले मंगलबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराउनुभएको छ।

जानकारी तथा लेखहरु