फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाह्रबिसे तातोपानीको लार्चामा सुक्खा बन्दरगाहको निर्माणमा तीव्रता

(GMT+08:00) 2018-09-19 13:45:59

चिनियाँ ठेकेदारले बाह्रबिसे तातोपानीको लार्चामा सुक्खा बन्दरगाहको निर्माणलाई तीव्रता दिएको छ। भूकम्पपछि रोकिएको निर्माणले तीव्रता पाएको हो। चिनियाँ रेलवे कन्ट्रक्सन ग्रुप (सीआरसीसी) ले आठ महिनामा पूरा गर्ने लक्ष्य राखेर निर्माण अघि बढाएको छ।

अहिले बन्दरगाहको बिल्डिङ, रङरोगन, कम्पाउन्डलगायतको काम गरिरहेको छ। 'बन्दरगाहको झन्डै ६० प्रतिशत काम सकिएको छ,' सीआरसीसीका नेपाली भाषा अनुवादक रामकृष्ण दुलालले भन्नुभयो। उहाँले बन्दरगाहको माथिल्लो क्षेत्रमा बन्ने पार्किङ, बन्दरगाह जोड्ने पुलको निर्माण थालेको जानकारी दिनुभयो।

ठेकेदार कम्पनीका अनुसार ७ एक्साभेटर, १० वटा टिपरलगायत अत्याधुनिक उपरकणद्वारा प्रयोग गरेर बन्दरगाहको निर्माण भइरहेको छ। नेपाली र चिनियाँका ४५ कामदार दैनिक काममा छन्। बन्दरगाहको एक वर्षमै हस्तान्तरण गर्ने योजना बनाएको उहाँले जनाउनुभयो। बन्दरगाहको मुख्य कार्यालय, भन्सार यार्ड, क्वाटरलगायतका प्रमुख संरचना क्षतिग्रस्त छन्। पहिलेको संरचनालाई सम्भार गर्दै थप पुनर्निर्माणको कार्यलाई गति दिइएको छ।

भूकम्पले क्षतिग्रस्त कोदारी राजमार्ग सीआरसीसीले चाँडै बन्दरगाह सकेर सडक स्तरोन्नति गर्नका लागि कार्ययोजना बनाएको छ। गत भदौ १७ मा भाइस सेक्रेटरी जनरल अफ गभर्मेन्ट अफ टिबेट अटोनमस रिजनकी छुङलीउसहितको टोलीले बन्दरगाहको कार्य र सडक निरीक्षण गरेको कान्तिपुर अनलाइनले लेखेको छ।

चीनको आर्थिक सहयोगमा २०६९ पुसबाट निर्माण सुरु भएको बन्दरगाह अन्तर्राष्ट्रिय मापदण्डअनुसारको छ। यसको लागत १ अर्ब २० करोडको रहेको छ। निर्माण थालेको २ वर्ष ६ महिनामा सक्ने लक्ष्य राखे पनि जुरे पहिरो, भूकम्प र बाढीले रोक्दै आएको थियो। राजमार्गबाट बन्दरगाह जोड्न भोटेकोसीमा बनाइएको पक्की पुलको निर्माण अन्तिम चरणमा पुग्न लाग्दा २०७१ मा बाढीले बगाएको थियो । पुन: साउन १७ मा आएको जुरे पहिरो र ०७२ को भूकम्पले बन्दरगाहको निर्माण पूरा ठप्प बनाएको थियो।

खण्डहरमा परिणत भइसकेको बन्दरगाह चीनले बनाउन थालेपछि नाका खोल्ने संकेत देखेर उत्साहित भएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठले सुनाउनुभयो। सीआरसीसी लागिपरेको छ। बन्दरगाहमा रहने भन्सार, क्वारेन्टाइन, गोदाम, जाँचपास यार्ड, चेकपोस्ट, बैंक र आवासको निर्माण र मर्मत भइरहेको छ। प्रस्तावअनुरूप गोदाम घरमा १ सय ५८ ठूला कन्टेनर राखेर जाँचपास गर्न सकिनेछ। यस्तै सय टन सामग्री एकैपल्ट तौलिने यन्त्र बन्दरगाहमा राखिनेछ।

जानकारी तथा लेखहरु